News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले काठमाडौँ-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा नरहेको बताएका छन्।
- राणाले काठमाडौँ-१ बाट आफ्नो नाम कसले सिफारिस गरेको थाहा नभएको र त्यहाँ उम्मेदवार भएर उठ्ने नियत नभएको स्पष्ट पारेका छन्।
- नेता रविन्द्र मिश्रले राणासँग भेटेर कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् जसमा विवादित नाम सिफारिसको विषय उठाइएको छ।
७ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले आफू काठमाडौँ-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा नरहेको बताएका छन् ।
यहाँबाट नेता रविन्द्र मिश्रसहितको नाम पार्टीले केन्द्रमा सिफारिस गरेको थियो । तर, अर्को समूहले राणासहित केही नेताको नाम सिफारिस गरेपछि विवाद चर्किएको छ । यसैबीच मिश्रले उनै राणासँग भेटेर कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् ।
सार्वजनिक भिडियोमा राणाले काठमाडौँ-१ बाट आफ्नो नाम कसले सिफारिस गरेको समेत थाहा नभएको बताएका छन् ।
‘१ नम्बर क्षेत्रमा म राम्रोसँग परिचित छैन । म त्यहाँ उम्मेदवार भएर उठ्ने कुनै नियत छँदै छैन,’ राणाले भनेका छन् ।’
मिश्रले तपाईंलाई थाहै नदिई तपाईंको नाम हालेर पठाइदिए है भनेर सोधेका छन् । जवाफमा राणाले थपेका छन्, ‘कोकोले केके गर्यो मलाई केही पनि थाहा छैन । यो प्रष्ट छ- म यो क्षेत्रबाट उम्मेदवार भएर उठ्ने कुनै नियत छैन ।’
फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार सिफारिसका लागि सक्रिय छन् ।
प्रतिक्रिया 4