- Home
- लकडाउन
लकडाउन
काठमाडौं । आफ्नो इच्छा पूरा गर्नका लागि मान्छे कुन हदसम्म जान सक्दछ भन्ने कुराको उदाहरण बेलायतमा एकजना युवतीले पेश गरेकी छिन् । बर्गर खानका लागि ती युवती आफ्नो स्कुटीमा चढेर १ सय ६० किलोमिटर यात्रा गरेकी छिन् । तर त्यति लामो यात्रा गरेर बर्गर खान जानु ती युवतीका लागि अभिसाप भयो र उनले २ सय […]
२१ पुस, काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट […]
२ मंसिर, टीकापुर। कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट लगेको मोबाइल उठाउन छाडिन् । छोरी नभेटिएपछि आफन्तले ‘प्रहरीलाई उजुरी गर्छौँ, तिमी कहाँ छौ’ भनी म्यासेज […]
२७ कात्तिक, काठमाडौं । ठमेलको नरसिंहचोक छेउमा २०७६ असारमा खुलेको थियो, स्यान्डविच प्यालेस । नयाँ भवनमा नयाँ ऊर्जाका साथ ब्यापार चम्काउन लागेका थिए, सञ्चालक यादवराज पाण्डे । ठमेलमै २९ वर्ष रेस्टुरेन्ट चलाएको अनुभव र आत्मविश्वास थियो उनीसंग । तर, एकवर्ष नपुग्दै माघ दोस्रो साता काठमाडौंमा कारोना संक्रमणको पहिलो केस देखियो, फागुन लाग्दा नलाग्दै रेस्टुरेन्टमा ग्राहक […]
२८ कात्तिक, काठमाडौं । वायुसेवा सञ्चालकहरुले तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएका छन् । ६ महिना भन्दा लामो लकडाउन र प्रतिवन्धका कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्ण असहमति जनाएको हो । लकडाउन […]
२५ कात्तिक, काठमाडौं । पाल्पा स्थायी घर भएका एक व्यवसायी दसैँअघि हातमा पत्र बोकेर नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग पुगे । लकडाउनमा ऋणको किस्ता बुझाउन नसकेको र २ महिनाअघि केही रकम बुझाउँदा समेत एनआईसी एशिया बैंकले आफ्नो घर नै लिलामी गर्न लागेको भन्दै उनी गुनासो लिएर राष्ट्र बैंक पुगेका थिए । […]
२४ कात्तिक, काठमाडौं । बनेपामा ७ वर्षदेखि चलिरहेको थियो, केएन ब्यांक्वेट । यो सोकसुधार भैलासहितका ६ दाजुभाइले करिब ५ करोड रुपैयाँ लगानीमा सुरु गरेको संयुक्त व्यवसाय थियो । कोरोनाको माहमारीको कारण २०७६ चैतमा लकडाउन भयो । लकडाउन खोलेपछि पनि सरकारले २५ जनाभन्दा बढी जमघट हुन रोक लगायो । सभा, समारोह, कार्यक्रम गर्न र विवाहजस्ता सामूहिक […]
१६ कात्तिक, काठमाडौं । बेलायतले दोस्रो पटक देशव्यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी यो पटकको […]
१३ कात्तिक, नर्वे । युरोपका विभिन्न देशमा भोभिड १९ कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएको छ । पहिलो चरणभन्दा दोस्रो चरणको संक्रमण तीन गुणा बढीले वृद्धि भएको तथ्यांकले देखाएको छ । गत मार्च र अप्रिल महिनामा युरोपका विभिन्न मुलुकमा कोराना तीब्र गतिमा फैलिएको थियो । जून र जुलाई महिनामा भने संक्रमण दरमा भारी […]
१३ कात्तिक, मेलबर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन […]
१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर दोस्रोपटक लकडाउन लागु गरेको छ । यो लकडाउन पूरै नोभेम्बर महिनासम्म रहने बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारबाट लकडाउन लागु हुने जानकारी दिए । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, […]
२६ असोज, काठमाडौं । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस (कोभिड–१९) को महामारी थप भयावह हुने चेतावनी दिएको हो । सोमबार शिक्षा तथा स्वास्थ्य […]
२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’ त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो । सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको […]
१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे […]
१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक […]
कोरोनाको भय, लकडाउन र निशेषाज्ञाका कारण अधिकांश दम्पती घरभित्रै बसे । कतिका लागि यो बसाई निकै रोमाञ्चक रह्यो भने कतिका लागि उकुसमुकुस । कति दम्पतीले एकसाथ बस्न पाउँदाको आनन्द लिए भने कति दम्पतीले भने सम्बन्ध अरु बिगारे । कोरोना भाइरसले विश्वभरि नै लकडाउनको परिस्थिति निम्त्यायो । नेपालीहरू पनि झण्डै ६ महिना यही स्थितिमा गुज्रिनु प¥यो […]
१३ असोज, काठमाडौं । भिमान (सिन्धुली) निवासी एक युवक मृगौला रोगी श्रीमतीको शल्यक्रियाका लागि बुधबार र विहीबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा दुई रात बास बसे । राति अन्य कुरुवासँग उनी सोधिरहेका हुन्थे, सरकारले दशैंमा फेरि लकडाउन गर्छ कि गर्दैन होला ? आम नागरिकको मुखमा अहिले यही प्रश्न झुण्डिएको छ, के दशैंमा फेरि लकडाउन हुन्छ र […]
११ असोज, काठमाडौं । इजरायलमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको कडा लकडाउनको बीच शनिबार राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् । शनिबार राति प्रदर्शनकारीहरुले नेतान्याहूको निवास अगाडि नै प्रदर्शन गरेका हुन् । कोरोनाको महामारी बढेसँगै गत शुक्रबारदेखि इजरायलमा धेरै व्यवसायहरु बन्द छन् । ठूलो संख्यामा मानिसहरुलाई भेला हुन रोक […]
७ असोज, गोरखा । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ । गत आर्थिक बर्ष जिल्लाका बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म पूरा हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । ‘बारपाक र […]
१ असोज, काठमाडौं । ललितपुरको धोबीघाटस्थित डीएभी स्कूल, जावलाखेलको सेन्ट जेभियर्स स्कुल, नक्साल–विशालनगरस्थित मल्पी सिटी स्कूल, हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुल लगायतले लकडाउन र निषेधाज्ञाका बेला पढाउँदै नपढाएको बेलाको पनि शुल्क तिर्न ताकेता गरेको अभिभावकहरूको गुनासो छ । ‘बैशाखदेखि साउनसम्मको शुल्क नतिरे अर्धवार्षिक परीक्षामा बस्न नदिने पत्र पठाएको छ,’ डिएभी स्कुलका एक अभिभावकले अनलाइनखबरसँग भने, ‘शिक्षा […]
३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् । साथै नाइ श्रमिकहरुलाई लकडाउन […]