Comments Add Comment

विद्यालय शिक्षा

List Grid
कहिले खुल्छन् विद्यालय ?

२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन । कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । […]

विद्यालय शिक्षामा विद्यार्थी भर्नाको अर्थ राजनीति

नयाँ शैक्षिक सत्र शुरु भएपछिको पहिलो काम विद्यार्थी भर्ना हो । यो काम सार्वजनिक विद्यालयमा सहजै हुन्छ । खासै भनसुन हुँदैन र गर्न पनि पर्दैन । किनकी यहाँ भर्नाका लागि अभिभावकको चासो कमै हुने गर्दछ । धेरै अभिभावकले आफ्नो नजिकमा जुन विद्यालय छ छोराछोरीलाई त्यसैमा भर्ना गर्ने हुन् । सार्वजनिक विद्यालयमा भर्ना हुने विद्यार्थीमध्ये धेरै […]

पढाइसँगै खेतीपाती सिकाउने स्कुल !

२२ कात्तिक, काठमाडौं । दीपेश निजार भर्खरै १२ वर्ष पूरा भएर १३ लागे । उनी सुर्खेतको बबड्डी चौरमा रहेको जनज्योती उच्च मावीको कक्षा ५ मा पढ्छन् । उनी कक्षाका प्रथम छात्र हुन् । स्कुलका प्रधानाध्यापकलाई आग्रह गरेर दीपेशले गत फागुनमा १८ वटा कुखुरा किन्न सहयोग मागे । स्कुलले उनलाई कुखुराको चल्ला दियो । दीपेशले स्कुलमै […]

‘स्कुलहरु कोरोना संक्रमणको थलो बने भने हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन’

१८ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण शैक्षिक सत्र गुम्ने जोखिम बढेपछि काठमाडौंको चन्द्रागिरी, गोकर्णेश्वर, काभ्रेको पनौती, बाराको बारागढी, सिराहाको मिर्चैया लगायत पालिकाले विद्यालय खोल्ने निर्णय गरे । उनीहरुले स्वास्थ्यका सबै मापदण्ड अपनाएर निश्चित संख्यामा विद्यार्थी पढाउने, गृहकार्य दिने गर्न थालेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौं,  लमजुङ, बारा लगायतले भने […]

विद्यालय सञ्चालनमा शिक्षा मन्त्रालयको भाँजो !

१४ असोज, काठमाडौं । बारा जिल्लाको बारागढी गाउँपालिकाले ११ असोजदेखि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । देशभर अनलाइन कक्षाको हल्ला चले पनि आफ्नो गाउँपालिकाभित्र दूरशिक्षा सञ्चालन गर्न नसकेपछि विद्यालय खोल्ने निर्णय गरेको बारागढीका अध्यक्ष देवदत्त बछार थारु बताउँछन् । इलाका प्रहरी कार्यालयका केही प्रहरीलाईबाहेक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको […]

रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

१३ असोज, दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम […]

काभ्रेमा कोरोना कहरकैबीच पठनपाठन

११ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट […]

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

१० असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, […]

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

१० असोज, तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

२५ भदौ, बुटवल । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल […]