News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जनका लागि कार्यदल गठन प्रक्रिया अघि बढेको जानकारी दिनुभएको छ ।
- मन्त्री पोखरेलले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो ।
- पाठ्यक्रमको प्रारुप परिमार्जन गरेर कार्यान्वयनमा ल्याएपछि शिक्षा क्षेत्रमा सुधार आउने विश्वास सरकारले लिएको छ ।
४ असार, काठमाडौं । विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै छ । यस निम्ति आवश्यक काम अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जनका लागि कार्यदल गठनका लागि कार्य अगाडि बढाइसकिएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा भने ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यसबारे जानकारी दिएका हुन् ।
विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जन गरेर कार्यान्वयनमा ल्याएपछि त्यसले शिक्षा क्षेत्रमा सुधार ल्याउने सरकारको विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4