Comments Add Comment

विषादी परीक्षण

List Grid
‘विषादीयुक्त केरा फिर्ता गर्‍यौं, तरकारीको परीक्षण रोकिएको छैन’

२८ साउन, काठमाडौं । भारतबाट आउने तरकारी तथा फलफूलको विषादीको परीक्षण थाल्ने र रोक्ने दुवै निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतासमक्ष माफी माग्ने अवस्थामा पुर्‍यायो । भारतीय दूताबासको पत्रपछि विषादी परीक्षणबाट सरकार पछि हटेको धेरैको बुझाइ रह्यो । मन्त्रिपरिषदले नै विषादी परीक्षण तत्काललाई नगर्ने भनेपछि सरकारमाथि जनतालाई विष खुवाएको आरोप पनि लाग्यो । विषादीमै विद्यावारिधि […]

भारतीय दूतावासको पत्र : ‘प्रशासनिक’ मात्रै वा ‘कूटनीतिक हस्तक्षेप’ ?

२७ असार, काठमाडौं । विषादी प्रकरणमा भारतीय दूतावासबाट मन्त्रालयहरुमा आएको पत्रबारे आफूलाई गुमराहमा पारिएको गुनासो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरिसकेका छन् । अब यसबारे छानविन गरिने प्रधानमन्त्रीले बताएका छन् । तर, दूतावासको पत्रबारे आफूलाई अनविज्ञ राखिएको बताए पनि यो पत्र प्रशासनिकरुपमा कार्यकारी प्रमुखलाई जानकारी हुनुपर्ने विषय मात्र थियो वा यसको केही कूटनीतिक/राजनीतिक भाष्य […]

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो […]

तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता

२४ असार, काठमाडौं । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने […]