Comments Add Comment

शान्ति मिसन

List Grid
परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका थिए प्रि-स्याटको प्रश्नपत्र

२७ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको […]

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो । शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु […]

शान्ति मिसनमा भएको कुटपिटबारे सूचना चुहाउने सैनिक बर्खास्त

२६ पुस, काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् । नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण बाहिरको कार्य गर्न उक्साएको ठहर गर्दै सैनिक अदालतले संलग्न जवानलाई बर्खास्तीको आदेश सुनाएको हो । उनलाई भविष्यमा कुनै […]

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिए शान्ति मिसनमा गएका तीन सैनिक

१२ पुस, काठमाडौं । अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर)मा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका तीन सैनिक मारिएका छन् । राष्ट्रसंघले शुक्रबार दिएको जानकारीअनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हतियारधारी लडाकुहरुले बुरुण्डीबाट शन्ति मिसनमा गएका सैनिकको हत्या गरेका हुन् । सेन्ट्रल अफ्रिकी रिपब्लिकमा आइतबार आम निर्वाचन हुन गइरहेको छ । उक्त आक्रमणमा दुई सैनिक घाइते भएको राष्ट्रसंघले बताएको […]

कोरोना महामारीपछि चार देशमा नेपाली शान्ति सैनिकको बदली

२१ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत इराकमा शान्ति स्थापनार्थ खटिने नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । एक वर्ष अवधि पूरा भएर फर्किएको टोलीको ठाउँमा ३५ जनाको सैनिक टोलीलाई पठाइएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हिमालय एयरलाइन्सको उडानमार्फत उनीहरुलाई इजरायल लगिएको छ । यसअघि न्यूयोर्कमा रहेको […]

शान्ति मिसनका लागि नेपाली सैनिक असार २४ मा अफ्रिका जाँदै

१८ असार, काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् । शान्ति  मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा पुग्नेछ । यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल […]

शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना

१४ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरे […]

२८ देशका सेनाले पाँचखालमा संयुक्त अभ्यास गर्ने

नेपाली सेना सन् १९५८ बाट द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनार्थ खटिँदै आएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसनमा सैन्य स्तरबाट योगदान गर्ने नेपाल छैटौं ठूलो मुलुक हो । शान्ति मिसनमा जाने सेनाका जवानहरुले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा तालिम लिनुपर्ने हुन्छ । तर, अहिले सो तालिम केन्द्र नेपाली सेनाको लागि मात्रै होइन, शान्ति मिसनमा […]

लाइबेरियाबाट स्वदेश फर्किएको एपीएफ टोलीको स्वागत

२८ वैशाख, काठमाडौं । शान्ति मिसनमा खटिएर लाइबेरियाबाट स्वदेश फर्किएको सशस्त्र प्रहरी बलको टोलीलाई मंगलबार स्वागत गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहमा मंगलबार स्वागत तथा सम्मान गरेका हुन् । सशस्त्र प्रहरी नायव उपरीक्षक सुमनजंग थापाको कमाण्डमा ३५ सदस्यीय टोली आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी […]