+
+
Shares

लेबनान मिसनमा नयाँ डेपुटी फोर्स कमाण्डको जिम्मेवारी जनरल महरालाई

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते ११:५५

५ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नयाँ डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी नेपाली सेनाका सहायक रथी मानबहादुर महराले पाउने भएका छन् ।

दुई वर्षे कार्यकाल सकेर उपरथी चोकबहादुर ढकाल फर्किएलगत्तै उनी यो जिम्मेवारीमा जान लागेका हुन् ।

ढकाल फर्किने क्रममा शनिबार मध्यराति प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उद्धार गरेर उनलाई युएनको लेभल थ्री अस्पताल बेरुतमा उपचारका लागि लगिएको थियो । अस्पतालबाट उनी आइतबार डिस्चार्ज भइसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार  केसीले महरा लेबनान जाने प्रक्रियामा रहेको पुष्टि गरे । उनले भने, ‘ढकाल सा’ब फर्किँदै हुनुहुन्छ, त्यो पोजिसनमा उहाँ (सहायक रथी मानबहादुर महरा) जानु हुनेछ ।’

हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, एक हजार १५१ जना कंगो, दक्षिणमा एक हजार ७५२, अब्यई क्षेत्र (सुडान) मा १०७ जना, पश्चिमी सहारामा ५, इजराइलमा २, लेबनानमा ८७७, सिरियामा ४५२, अफ्रिकामा १ हजार २४१, इराकमा ८८, लिबियामा २३१ र यमनमा दुई जना सैनिक कार्यरत छन् ।

नेपाली सुरक्षा फौजमा शान्ति मिसनलाई आकर्षक अवसरका रुपमा मानिन्छ । तर, पछिल्लो समय प्रहरी र सशस्त्रमा भने शान्ति सैनिकमा अवसर घट्दो क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?