Comments Add Comment

श्रद्धा कपुर

List Grid
श्रद्धाको व्यस्तताः ‘साहोदेखि स्ट्रिट डान्सर’सम्म

बलिउडमा नायिका श्रद्धा कपुरको प्रवेश भएको केही बर्ष भयो । बलिउडमा प्रवेश गरेको केही समयमै राम्रो चर्चा कमाएकी श्रद्धा यो बर्ष ३ चलचित्रबाट दर्शकमाझ धमका मच्चाउने सोचमा छिन् । यसैगरि, उनले यो बर्ष ३ वटा चलचित्रको छायांकन गरिन् । जसलेगर्दा, उनलाई कामको चाप बढ्यो । श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ अगष्ट ३० तारिखबाट रिलिज हुँदैछ […]

प्रभाष र श्रद्धाको ‘साहो’मा ज्याकलिनको आइटम

अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ । बर्षकै खतरनाक एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘साहो’लाई हिट बनाउन यसका निर्माताले कुनै कसर बाँकी राखेका छैनन् । महंगो बजेटमा बनेको यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृश्यमा देखिनेछन् । ‘बाहुबली’को सफलतापछि प्रभाषप्रति दर्शकको आशा […]

यस्तो बन्यो प्रभाष र श्रद्धाको ‘साहो’ टिजर

‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको […]

श्रद्धाको जन्मदिनमा ‘साहो’को मेकिङ भिडियो सार्वजनिक

बलिउड नायिका श्रद्धा कपुरले आज जन्मदिन मनाउँदैछिन् । उनको जन्मदिनको अवसर पारेर चलचित्र ‘साहो’ले एक भिडियो क्लिप सार्वजनिक गरेको छ । ‘सेड्स अफ साहो’ नाम दिइएको भिडियोमा चलचित्रको मेकिङ र चलचित्रको केही भिडियो क्लिप देखाइएको छ । साउथ सुपरस्टार प्रभास फिचरिङ भिडियोमा चलचित्रमा समावेश गरिएको विभिन्न ‘स्टन्ड’हरु पनि देखाइएको छ । भिडियो अन्त्यतिर देखिएकी श्रद्धालाई […]

बरुण र श्रद्धाको ‘एबीसीडी ३’ बन्यो ‘स्ट्रिट डान्सर थ्रीडी’

बलिउडका चर्चित नायक बरुण धवन र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहने डान्सिङ चलचित्रको नाम पक्का भएको छ । ‘एबीसीडी ३’ भनिएको उक्त चलचित्रको नाम ‘स्ट्रिट डान्सर थ्रीडी’ राखिएको छ । बरुणले नै आफ्नो सामाजिक सञ्जालबाट चलचित्रको नाम सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘जब तपाई नाच्न सक्नहुन्छ भने किन सडकमा नरमाउने ? आफ्नाल […]

‘बागी ३’मा टाइगरको साथमा सारा ?

बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । यसैले पनि यो चलचित्रका लागि नायक श्राफले […]

के कार्तिक आर्यनको प्रेममा छिन् श्रद्धा ?

बलिउडमा कलाकारको प्रेम चर्चा सधै नै चल्छ । कलाकारको सम्बन्ध जुटेका र टुटेका खबर बलिउडका लागि ठूलो बिषय नै हुन छाडेको छ । अहिले बलिउडकी एक चर्चित नायिकाको प्रेम सम्बन्धले फेरि बलिउड मिडिया गर्माएका छन् । नायिका श्रद्धा कपुरलाई एक नायकसँग मध्यरातमा चलचित्र हेर्न पुगेको भेटेपछि भारतीय मिडिया गर्माएका हुन् । नायिका श्रद्धा कपुरको प्रेमको […]

श्रद्धाको करिअरलाई राहत, ‘स्त्री’ले बक्स अफिसमा कमाल गर्‍यो

निरन्तर असफल चलचित्र बक्स अफिसमा आएपछि निराश बनेकी बलिउड नायिका श्रद्धा कपुरको करिअरमा शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्त्री’ले ठुलो राहत दिएको छ । श्रद्धा बक्स अफिसमा असफल हुँदा उनी बलिउडमा अहिलेका नायिका भन्दा धेरै पछि परेको चर्चा हुन थालेको थियो । तर, हरर कमेडी चलचित्र उनको करिअरमा अक्सिन बनेको छ । शुक्रबार करिब ७ करोडको […]

सिद्धार्थसँग श्रद्धा र कृतिले फिल्म खेल्न मानेनन्, परिणिती फाइनल

नायक सिद्धार्थ मल्होत्राको स्टारडम अहिले नाजुक स्थितीमा छ । उनका हरेक चलचित्र असफल हुँदा उनलाई बलिउडमा टिक्न धौ-धौ पर्न थालेको छ । सायद, यसैले पनि होला केही नायिकाहरुले उनीसँग चलचित्र खेलेर जोखिम मोल्न चाहिरहेका छैनन् । निर्मात्री एकता कपुरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सटगन सादी’मा सिद्धार्थ कपुर फाइनल भैसकेका छन् । यो चलचित्रका लागि […]

२ दिनमै ‘वागी २’ले कमायो ४५ करोड, ‘वागी ३’ पनि बन्ने

बलिउड नायक टाइगर श्राफ अब स्टार बन्ने बाटोमा दौडिएका छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘वागी २’ले बक्स अफिसमा तहल्का मच्चाएपछि उनको चर्चा र कामको प्रंशंसा सुरु भएको छ । चलचित्रले शुक्रबार र शनिबार आक्रामक कलेक्शन गरेको छ । शुक्रबार २५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.४० करोड कमाई गर्‍यो । चलचित्रको […]

सलमानको फिल्ममा काम गर्दिनँः श्रद्धा कपुर

केही दिनअघि बलिउडमा हल्ला चल्यो- सलमान खान र अली अब्बास जफरले नयाँ चलचित्रमा नायिका प्रियंका चोपडालाई प्रस्ताव गरेका छन् । दुई दिनपछि अर्को हल्ला चल्यो- सलमानको चलचित्रमा श्रद्धा कपुरले अभिनय गर्ने भइन् । तर, श्रद्धाले सलमानको चलचित्रबाट प्रस्ताव आएको अस्वीकार गरेकी छिन् । उनले भनिन्-‘मलाई सलमानको कुनै पनि चलचित्रबाट प्रस्ताव आएको छैन । प्रस्ताव आयो […]

‘एक भिलेन २’मा सिद्धार्थसँग कृतिको जोडी

बलिउड चलचित्र ‘एक भिलेन’ले बक्स अफिसमा कमालको व्यापार गर्यो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राको भूमिकालाई सबैले प्रशंसा पनि गरे । यो चलचित्रको गीतले पनि बजारमा तहल्का मच्चाएको थियो । यो चलचित्रमा सिद्धार्थसँग नायिका श्रद्धा कपुरको जोडी देखिएको थियो । अब, चलचित्र ‘एक भिलेन २’ पनि बन्ने भएको छ । तर, यो चलचित्रमा नायक सिद्धार्थ […]

राजकुमार र श्रद्धाको ‘स्त्री’

नायिका श्रद्धा कपुरलाई बक्स अफिसमा हिट चलचित्र चाहिएको छ । कारण, लगातार चलचित्र असफल हुँदा श्रद्धालाई घाटा लागेको छ । उनी, ‘बाहुवली २’का चर्चित नायक प्रभाषसँग नयाँ चलचित्र ‘साहो’मा काम गरिरहेकी छिन् । उनै, श्रद्धा अब एक नयाँ चलचित्रमा पनि देखिने भएकी छिन् । उनी र नायक राजकुमार राहोले काम गर्न लागेको नयाँ चलचित्रको नाम […]

‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए प्रभासले

हिन्दी चलचित्र ‘बाहुबली’वाट लोकप्रिय भएका साउथका सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’को सुटिङमा ब्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तेज गतिमा भइरहेको छ । अर्को अचम्म लाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य […]

ब्याडमिन्टन सिक्दै श्रद्धा कपुर, देखिनेछिन् साइना नेहवालको बायोपिकमा

बलिउड अभिनेत्री श्रद्धा कपुरले ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकका लागि तयारी सुरु गरेकी छिन् । हाल उनी ब्याडमिन्टनको तालिम लिइरहेकी छिन् । श्रद्धाले हालै इन्स्टाग्राममा एउटा तस्वीर पोष्ट गरिन् । त्यसमा उनी साइना नहवालसँगै अभ्यास गरिरहेको देखिन्छिन् । यसमा साइनाले श्रद्धालाई टिप्स दिइरहेको पनि देखिन्छ । यसअघि साइनाको रोलका लागि दीपिका पादुकोणको चर्चा थियो । […]

प्रभासको ‘साहो’मा श्रद्धा फाइनल

लामो समयको चर्चापछि अन्ततः साउथ सुपरस्टार प्रभासले अभिनय गर्न लागेको चलचित्र ‘साहो’का लागि नायिका फाइनल गरिएको छ । यो चलचित्रमा सुरुवातमा साउथकी चर्चित नायिका अनुष्का सेट्टीले काम गर्ने चर्चा थियो । तर, अनुष्काको तौल धेरै भएको भन्दै उनलाइ चलचित्रबाट निकालिएको चर्चा पनि चल्यो । तर, ३ वटा भाषामा बन्न लागेको चलचित्रका लागि बलिउड नायिका श्रद्धा […]

श्रद्धाका कारण साहरुख र काजोलको फिल्मको शो रद्द

नयाँ चलचित्र रिलिज हुन लागेको वा कुनै नायक नायिकाले नयाँ चलचित्रमा काम गरेको समाचार पत्रिका, टेलिभिजन र अनलाइनहरुमा सार्वजनिक हुने गर्छ । तर, २२ वर्षमा पहिलो पटक कुनै चलचित्रको एक शो रद्द भएको समाचार बिरलै आउँछ । यस्तै भएको छ मुम्बईको ‘मराठा मन्दिर’ सिनेमा घरमा । जहाँ २२ वर्षदेखि साहरुख खान र काजोल अभिनित चलचित्र […]

बलिउडमा आउनुअघि कफी बेच्थिन् श्रद्धा कपुर

श्रद्धा कपुरलाई अहिले बलिउडकी चलेकी हिरोइन मानिन्छ । उनलाई अब बाबु शक्ति कपुरको नामबाट चिनाइराख्नु पर्दैन । श्रद्धा कपुरको बलिउडमा इन्ट्री एक्कासी भएको हो । उनी मोडलिङमार्फत आएकी होइनन् । सन् २०१० मा बनेको फिल्म ‘तीन पत्ती’ बाट डेब्यू गरे पनि उनलाई ‘आशिकी २’ ले चिनाएको थियो । त्यसयता उनको हात खाली छैन । धेरै […]

गर्लफ्रेण्डसँग फिल्म खेल्दै फरहान अख्तर

यसै वर्षको अप्रिलमा बलिउड निर्देशक/अभिनेता फरहान अख्तरले पत्नी अधुनासँग सम्वन्धविच्छेद गरे । त्यसयता उनको अभिनेत्री श्रद्धा कपुरसँग अफेयरको चर्चा व्यापक छ । अब सायद फरहान र श्रद्धाबीचको प्रेम झनै मौलाउने छ । किनकी उनीहरु एउटा फिल्ममा नायक-नायिकाका रुपमा अनुवन्ध भएका छन् । ‘आशिकी २’ का निर्देशक मोहित सूरीले आफ्नो आगामी फिल्ममा यो जोडीलाई खेलाउन लागेका […]

‘बाहुवली’ हिरोसँग फिल्म खेल्न श्रद्धा र दिशाको चर्को डिमाण्ड

विश्वभरमा अहिले चलचित्र ‘बाहुवली २’ले धुम मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेपछि यसका नायक प्रभासको चर्चा पनि खुबै छ । तेलुगु चलचित्रका सुपरस्टार प्रभास आज विश्वभर चर्चित बनेका छन् । उनीसँग चलचित्र खेल्नका लागि बलिउडदेखि विभिन्न प्रान्तका नायिकाहरु लालयित देखिएका छन् । तर, बलिउडका यस्ता २ नायिका पनि छन्, जसले प्रभाससँग […]

बाबुलाई गोप्य कुरा लुकाउन श्रद्धाले प्रयोग गर्छिन् यस्तो भाषा

‘आशिकी-२, एक भिलेन, हैदर’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी नायिका श्रद्धा कपुर दर्शकको विचमा लोकप्रिय नायिकाको रुपमा चिनिन्छिन् । उनलाई आफ्नो प्रेम प्रसंगको खबर सुन्दा रमाइलो लाग्छ । पछिल्लो समय निर्देशक फरहान अख्तरसँग उनको प्रेम प्रसंग रहेको समाचार मसला बन्यो । श्रद्धा भन्छिन्-‘मलाई थाह छैन यस्तो मनगढन्ते समाचार कहाँबाट आयो ।’ त्यसो त उनलाई यस्ता […]