Comments Add Comment

सेभिया

List Grid
बार्सिलोनालाई पछि पार्दै सेभिया तेस्रो स्थानमा

११ फागुन, काठमाडौं । सेभिया स्पानिस ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै सेभियाले बार्सिलोनालाई पछि पारेको हो । सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक-एक गोल गरे । ओससुनाको मैदानमा भएको खेलको १९औं मिनेटमा डिएगोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका […]

सेभिया चौथो स्थानमा उक्लियो

७ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा अलाभेजलाई पराजित गर्दै सेभिया अंकताललिकामा चौथो स्थानममा उक्लेको छ । सेभियाले मंगलबार राति  भएको खेलमा अलाभेजलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमै युसु एन नस्रयीले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर १२औं मिनेटमा एडगार मेन्जडले अलाभेजका […]

सेभियाले छैटौं पटक जित्यो युरोपा लिग, लुकाकु बने हिरोबाट जिरो

६ भदौ, काठमाडौं । स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ । लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले […]

युरोपा लिग फाइनल : ५ पटकको च्याम्पियन सेभिया र ३ पटकको च्याम्पियन इन्टर भिड्दै

५ भदौ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा सेभिया र इन्टर मिलान भिडन् भएका छन् । इन्टरले सेमिफाइनलमा शाख्तर डोनेस्क र सेभियाले इंग्लिस क्लब म्यानचेष्टर युनायटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । च्याम्पियन्स लिगको समूह चरणमा बार्सलोना र बोरुसिया डर्टमण्डपछि तेस्रो भएको इन्टर युरोपा लिगमा घटुवा भएको थियो । […]

म्यानचेष्टर युनाइटेडविरुद्ध पुनरागमन जितसहित सेभिया युरोपा लिगको फाइनलमा

१ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जितसहित स्पानिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगितामा सेभिया फाइनल पुगेको यो छैटौं पटक हो । जर्मनीको कोलोनमा भएको पहिलो सेमिफाइनल खेलमा सेभियाले एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडलाई २-१ ले पराजित गरेको हो । खेलको […]

सेभिया र साख्तर युरोपा लिगको सेमिफाइनलमा

२८ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलमा सेभियाले इंग्लिस क्लब वल्भ्सलाई र साख्तरले स्वीस क्लब बासेललाई पराजित गरेका हुन् । खेलको अन्त्यतिर लुकास ओकमपासले गरेको एक गोलको मद्दतमा सेभियाले वल्भसलाई १-० ले पराजित गरेको हो । त्यसअघि १३औं मिनेटमा सेभियाका […]

युरोपा लिग : सेभिया, लेभरकुजन, बासेल र वल्भ्स क्वाटरफाइनलमा

२३ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया, जर्मन क्लब बायर लेभरकुजन, इंग्लिस क्लब वल्भ्स र स्वीस क्लब बासेल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यससँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । सेभियाले इटालियन क्लबल रोमालाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सेभियाको जितमा सर्जियो रेगुइलिनले २२औं र […]

स्पेनिस सुपरकपको खेलतालिका फेरबदल

काठमाडौं । स्पेनिस सुपर कपका खेलहरुको समय केहि परिवर्तन गरिएको छ । बार्सिलोना र सेभियाबीच हुने सुपरकपको पहिलो लेग आगामी साउन ३० गते र दोस्रो लेग भदौ १ गते हुने भएको छ । यसअघि साउन २८ र ३१ गते खेल खेलाउने तय भएको थियो । तर साउन २५ गते युरोपियन सुपर कपको उपाधिका लागि सेभियाले […]

कोपा डेल रेको उपाधिका लागि बार्सिलोना र सेभिया भिड्दै

९ जेठ, काठमाडौं । स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि आज स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना र युरोपा लिग च्याम्पियन सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । म्याड्रिडस्थित एथ्लेटिको म्याड्रिडको घरेलु मैदान स्टाडियो भिन्सेन्ट कल्डेरोनमा हुने फाइनल खेल नेपाली समय अनुसार आज राति सवा १ बजेदेखि सुरु हुनेछ । बार्सिलोना र सेभिया दुवै टोली सिजनमा […]