Comments Add Comment

स्वेता खड्का

List Grid
स्वेताको प्रण–‘समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’

नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । […]

स्वेता भन्छिन्–‘परिवारको माया पाएर म घरकै संसारमा रमाइरहेकी छु’

नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउतले मंसिरको २२ गते बिहे गरे । ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको उपस्थिती खासै थिएन । उनै, स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । बिहे भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटे […]

‘मैले सिउँदोमा सिन्दुर भरेँ’: स्वेता खड्का

नायिका स्वेता खड्काले आफूले आफ्नो सिउँदोमा सिन्दुर भरेको उल्लेख गर्दै हातमा सप्तरंगी चुरा लगाएर आफूलाई रंगिन पहिरन भित्र सजाएको बताएकी छिन् । सामाजिक संजालमा बिबाहका तस्वीर शेयर गर्दै स्वेता लेख्छिन्–‘मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो […]

स्वेता खड्काले कसिन् लगनगाँठो

काठमाडौं ।  नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् । बिहेको […]

यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी

नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् । बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका […]

के स्वेताकी छोरी बन्न तयार होलिन् सेड्रिना ?

नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गर्दैछिन् । | निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी हुन् । यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । […]

‘हुर्रे’ निर्देशकको फिल्ममा स्वेता

नायिका स्वेता खड्काले केही बर्षपछि नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । उनले, निर्देशक यम थापाले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् । नायिका खड्काले अनलाइनखबरसँग यो बिषयमा भनिन्–‘उहाँले पहिले मलाई एउटा अतिथी भूमिकाका लागि अफर गर्नुभएको थियो । मैले त्यो चलचित्र गर्दिनँ भने । यसपछि, नयाँ कथा सुनाउनुभयो । मलाई कथा […]

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

१ साउन, काठमाडौं ।  माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरे । अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै […]

सरकार ! लकडाउनको विकल्प सोच

चीनको बुहानबाट सुरु भएको कोरोना (कोभिड १९) को महामारीका कारण आजका दिनसम्म ६० लाख ५० हजारभन्दा बढी संक्रमितको पहिचान भइसकेको छ भने ३ लाख ६७ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १४ सय जनामा कोरोना संक्रमणको पुष्टि हुनुका साथै ७ जनाको मृत्यू भएको छ । यो संख्या दिनानुदिन बढ्दो छ । मानिसबाट मानिसमा […]

पार्लर उद्घाटन गर्न पुगिन् स्वेता

नायिका स्वेता खड्काले कलंकीमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो शाखाको उद्घाटन गरेकी छिन् । सौन्दर्यविद गीता गिरीले संचालनमा ल्याएको यो पार्लरको स्वेताले रिवन र केक काटेर शुभारम्भ गरेकी थिइन् । पार्लरमा अन्तरराष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअप लगायतको तालिम दिइनेछ । नायिका खड्काले पार्लरको सफलताको लागि शुभकामना दिइन् । […]

स्वेता लेख्छिन्–‘हिसाब गर्ने हो भने मैले पाएको भन्दा धेरै गुमाएकी छु’

नायिका स्वेता खड्काले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै यो उमेरसम्म आइपुग्दा आफूले जनी पाएको छु, त्यो भन्दा बढी गुमाएको उल्लेख गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ५ बर्ष भयो । श्रीकृष्णको निधन भएको पाँच बर्षमै स्वेता र श्रीकृष्णको परिवारले उनलाई विर्सिएको भन्दै केही मिडियामा र सामाजिक संजालमा आलोचना भयो । श्रीकृष्णको निधन […]

बोल्ड स्वेता

नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोसँग चलिरहेको छ । उनै, स्वेता चलचित्रका कार्यक्रममा प्राय पुग्छिन् । निम्तो आएका कार्यक्रममा पुग्ने स्वेता आफूलाई विन्दास रुपले प्रस्तुत गर्छिन् । शनिबार आयोजित […]

अष्ट्रेलियामा स्वेता

नायिका स्वेता खड्का अहिले अष्ट्रेलिया टुरमा छिन् । उनी, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कंगारुको देश पुगेकी हुन् । अटिजम स्कुलको लागि फन्ड कलेक्शन गर्न आयोजना भएको कार्यक्रममा सहभागी हुन स्वेता अष्ट्रेलिया पुगेकी थिइन् । उनले केही दिनमै आफू नेपाल फर्किने समेत बताइन् । यसैविच, स्वेताले अष्ट्रेलियामा गरेको एक फोटोसुट अहिले चर्चामा छ […]

‘हेल्लो जिन्दगी’मा श्वेता खड्का फाइनल, सलोन र विल्सन पनि जोडिए

होम प्रोडक्शनको चलचित्र ‘कान्छी’मा काम गरेपछि सुस्ताएकी नायिका स्वेता खड्काले नयाँ चलचित्रमा संझौता गरेकी छिन् । उनले, चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्न लागेकी हुन् । यो चलचित्रका लागि उनले केही दिन अगाडि मात्र संझौता गरिन् । नायिका खड्काले यो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गरेकी छिन् । चलचित्रमा उनको साथमा सलोन बस्नेत, विल्सन विक्रम राई, […]

प्रेम सम्बन्धमा रहेको बिषयमा यसो भन्छिन् श्वेता

नायिका स्वेता खड्का चलचित्र ‘कान्छी’मा काम गरेपछि अहिले सिन्धुपाल्चोकमा आफ्नो सपनाको बस्ती निर्माणमा व्यस्त छिन् । स्वेता खड्का चलचित्रमा काम गर्दा पनि वा नगर्दा पनि चर्चामा रहन्छिन् । चलचित्र बजारमा नायिका स्वेता खड्का प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ । हुनत, चलचित्र बजारमा यस्ता हल्ला चल्नु स्वभाविक नै हो । तर, स्वेता खड्का यो […]

श्वेताले कसको मुटुमा शासन गरिन् ?

स्वेता खड्का नेपाली चलचित्रमा नाम चलेकी नायिका हुन् । ‘कान्छी’ चलचित्र आफैले निर्माण गरेकी स्वेताले बाहिरी ब्यानरको चलचित्रमा भने काम नगर्ने पक्का जस्तै छ । स्वेताले तत्काल अर्को चलचित्र बनाउने संभावना पनि कम छ । किनकी, उनी यतिबेला माझी बस्ती निर्माणमा तल्लिन छिन् । माझी बस्तीलाई जसरी पनि निर्माण गरिसक्ने उनको योजना निरन्तर रुपमा अगाडि […]

‘कान्छी’ हेर्न पुगे प्रचण्ड, भने-‘श्वेताजी र मेरो पीडा एउटै’

चलचित्र ‘कान्छी’को आइतबार बेलुकी कुमारी हलमा ‘भीआइपी शो’ आयोजना गरिएको छ । फागूण ४ गतेबाट रिलिज भएको यो चलचित्र हिट भएको थियो । चलचित्र हेर्नका लागि नेताहरु कुमारी हल पुगेका थिए । पूर्व प्रधानमन्त्री एवंम माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटा […]

रिलिज भयो श्वेता र दयाको ‘कान्छी’

नायिका स्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ आजबाट देशभरका हलमा रिलिज भएको छ । नायिका खड्काकै लगानी रहेको चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्र क्षेत्रमा केहि बर्षपछि कमब्याक गरेकी नायिका खड्का यो चलचित्र उत्कृष्ट बनेको बताउँछिन् । चलचित्रले देशभरका सिंगल र मल्टिप्लेक्समा सुखद कारोबार गर्ने आशा गरिएको छ । काठमाण्डौको क्यूएफएक्समा चलचित्रलाई […]

श्वेतासँग रोमान्टिक भए दया, कस्तो चल्ला ‘कान्छी’ ?

चलचित्र ‘कान्छी’ भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रलाई लिएर नायिका स्वेता खड्का उत्साहित छिन् । स्वेताले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मन जित्ने विश्वास समेत व्यक्त गरेकी छिन् । यसैविच, स्वेता र नायक दयाहाङ राइका केहि रोमान्टिक तस्बिर बाहिरिएका छन् । पोखराको फेवातालमा खिचिएको तस्बिरमा स्वेतालाई रातो गुलाब दिदै दयाहाङ राई मुस्कुराएका छन् । […]

श्वेता भन्छिन्-‘चितवन मेरो माइतीघर, ‘कान्छी’ले दर्शकको मन जित्छ’

फागूण ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’को प्रचारका लागि यसकी नायिका स्वेता खड्का मोफसल दौडमा छिन् । नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचारका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनका पत्रकारसँग भलाकुसारी गरिन् । उनले, घर परिवारबाट आफूलाई बिहेका लागि कुनै दबाब समेत नभएको बताइन् । स्वेताले भनिन्-‘समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु […]

यस्तो रह्यो ‘कान्छी सुपर नाइट'(फोटो फिचरसहित)

काठमाण्डौको अन्नपूर्ण होटलमा मंगलबार बेलुकी ‘कान्छी म्यूजिकल नाइट २०१८’ आयोजना गरिएको छ । ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माण गरिरहेको माझी बस्तीको लागि सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्र तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिंखडा, हाँस्य कलाकार जितु नेपाल, गायक […]