Comments Add Comment

हरिकृष्ण कार्की

List Grid
कसरी अदालत बाहिरसम्म आइपुग्यो ‘न्यायाधीशको स्वार्थ बाझिने मामिला’ ?

१८ जेठ, काठमाडौं । केही वर्ष अघिसम्म न्यायालयभित्र न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायाधीश र वकिल वृत्तमा मात्रै सीमित हुन्थ्यो । यो अदालतभित्रै उठ्थ्यो र अदालतभित्रै समाधान हुन्थ्यो । तर, प्रतिनिधिसभा विघटनयता न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायालयभित्र मात्रै सीमित रहेन । यो सार्वजनिक बहसको विषय बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ […]

न्यायाधीश कार्कीको प्रश्न : हामीले जुलुस हेर्ने कि कानुन ?

२० माघ, सुर्खेत । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले जुलुस र प्रदर्शनबाट कस्तो न्यायको अपेक्षा गरेको भन्दै दलहरुलाई प्रश्न गरेका छन् । अदालतमा विचाराधीन मुद्धाको फैसला आफनो पक्षमा हुनुपर्ने भन्दै राजनीतिक दल र तीनका कार्यकर्ताले जुलुस र प्रदर्शन गरेर दबाव सृजना गरेको न्यायाधीश कार्कीको आरोप छ । उनले भने, ‘तपाईंहरु आफैं भन्नुस्, न्यायधीशले फैसला गर्न […]

न्यायाधीश कार्कीले इजलास छोड्नुअघि सर्वोच्चमा सवाल–जवाफ

२२ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइका क्रममा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुख्यतः दुईवटा विषय उठे । एक– रिट निवेदकहरुका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरे । दुई– संवैधानिक इजलासमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नताबारे प्रश्न उठाए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी […]

हरिकृष्ण श्रीमान् ! हजुरले केपी ओलीको मुद्दा हेर्न मिल्छ ?

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनले आफ्नो महान्यायाधिवक्तामा हरिकृष्ण कार्कीलाई नियुक्त गरे । सरकारको कानुनी सल्लाहकार रहेकै बेला कार्की महान्यायाधिवक्ता कार्यालयबाट स्वाट्ट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । तिनै न्यायाधीश कार्की गत शुक्रबार प्रधानमन्त्री ओली विपक्षी रहेको संवैधानिक इजलासमा बसे । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धका १२ वटा […]

नियत भ्रष्ट भएकाहरुबाट न्याय क्षेत्र बदनाम : न्यायाधीश कार्की

१९ मंसिर, वीरगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नियत भ्रष्ट भएकाहरुका कारण न्याय क्षेत्र बदनाम भएको बताएका छन् । न्यायपालिकाभित्र विद्यमान विकृति विसंगतिबारे अध्ययन गर्ने सिलसिलामा शुक्रबार वीरगञ्ज पुगेका उनले न्याय क्षेत्रका विकृति विसंगति रोक्न सबै सरोकारवालाको भूमिका रहने बताए । ‘नियत खराब भएको मानिसलाई छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि खान्छ भनिन्छ […]