Comments Add Comment

१३औं साग

List Grid
भारोत्तोलनमा स्वर्ण जित्दै सञ्जुले रचिन् इतिहास

१९ मंसिर, पोखरा । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण हो भने भारोत्तलनमै २००६ पछि पहिलो । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । पोखरा १२, माटेपानीस्थित […]

पौडीबाज गौरिकाले सागमा जितिन् ऐतिहासिक स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको पहिलो दिन गौरिका सिंहले ऐतिहासिक स्वर्ण जित्दा पदक तालिकामा भने भारतको दबदबा रहृयो । गौरिकाले महिला दुई सय मिटर फ्री स्टायलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित हिटिङ सिस्टलमको स्विमिङ पुलमा उनले निर्धारित दुरी दुई मिनेट ०५.०६ सेकेण्डमा पुरा गरिन् । यससँगै उनले नयाँ राष्ट्रिय […]

साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका […]

तेक्वान्दोकी काजलले जितिन् स्वर्ण

१७ मंसिर, काठमाडौं । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न सक्दिनँ । यहाँसम्म आइपुग्न मद्दत गर्ने परिवारका सबै सदस्य र गुरुहरुलाई धन्यवाद भन्न चाहन्छु […]

एक मिलिसेकेन्डको जित : सन्तोषीले यसरी रचिन् इतिहास

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको दश हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने नेपालकै पहिलो महिला धाविका हुन् । यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको रजत पदक नै नेपालको उत्कृष्ट प्रदर्शन थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सन्तोषीले स्वर्ण […]

१३औं सागको दोस्रो दिन नेपालले जित्यो १५ स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जितेको छ । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ । […]

महिला र पुरुष भलिबलमा श्रीलंकालाई कास्य

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला र पुरुष भलिबलमा श्रीलंकाले कास्य पदक जितेको छ । महिला भलिबलको कास्य पदकका लागि सोमबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । श्रीलंकाले २५–१३, २५–१८ र २५–८ को सेटमा हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो । त्यस्तै […]

पुरुष फुटबल : माल्दिभ्स र श्रीलंकाले अंक बाँडे

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा यु–२३ माल्दिभ्स र यु–२३ श्रीलंकाले अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा दुबै टिमले गोल गर्न सकेन । सोमबार दिउँसो भएको खेलमा बंगलादेशलाई पराजित गरेर भुटानले तीन अंक जोडी सकेको छ । पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि राउन्ड रोबिन […]

तेक्वान्दोमा नेपाललाई सातौं स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले २३ वर्षमाथिको पुम्सेमा पनि नेपालले स्वर्ण जितेको छ । नेपालका नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले स्वर्ण जितेको हो । १३ औं सागमा नेपालले तेक्वान्दोमा जितेको यो सातौं स्वर्ण पदक हो । सोमबारको खेलमा नेपालले कराँतेमा ७, तेक्वान्दोमा ७ र […]

तेक्वान्दोमा नेपाललाई छैठौं स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले तेक्वान्दोको पोम्सेमा अर्को स्वर्ण जितेको छ । १७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा नेपालका निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन् । तेक्वान्दोमा सोमबार नेपालले जितेको हो छैठौं स्वर्ण हो । नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको […]

कराँतेमा अनुले पनि जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् । यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै […]

विप्लवमानले दिलाए नेपाललाई दशौं स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । यो कराँतेमा नेपालको पाँचौं स्वर्ण हो भने समग्रमा १० ।

पुरुष तथा महिला ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल कास्यमा सीमित

१६ मंसिर, पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले काश्य पदकमा चित्त बुझाएको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ […]

पुरुष फुटबलमा भुटानद्वारा बंगलादेश पराजित

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ । सोमबार साँझ पाँच बजे माल्दिभ्स र […]

आयशाले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । २९ वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले काश्य पदकमा चित्त बुझाएको छ । २००६ को १५ औं एसियाली खेदकुदमा कास्य जितेकी आयशाले११औं सागमा स्वर्ण […]

तेक्वान्दोको पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से महिलामा नेपालले अर्को स्वर्ण जितेको छ । २३ वर्षमाथि २९ वर्षमुनिमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् । भारतकी खेलाडीले भने ८.०३० अंकका सात […]

कराँतेको फाइटतर्फ नेपालका लक्ष्मण तामाङले जिते स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपालको लागि पहिलो स्वर्ण जितेका छन् । सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १-० ले पराजित गरे । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला […]

कराँते पुरुष टिम कातामा पनि नेपालले जित्यो स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए । तस्वीर : आर्यन धिमाल ।

ट्रायथोलनमा स्वर्ण जित्ने सोनीलाई १ लाख पुरस्कार घोषणा

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथोलनमा नेपाललाई स्वर्ण जिताउने सोनी गुरुङलाई ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले १ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार भएको खेलमा गुरुङले स्वर्ण जितेपछि श्रेष्ठले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि सोनीलाई […]

सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

१६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो । तस्वीर : विकास श्रेष्ठ

अञ्जलीको कीर्तिमानी बलिङ, नेपाल १० विकेटले विजयी

१६ मंसिर, पोखरा । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने […]