+
+
Shares

धैर्यता र विवेकपूर्ण ढंगले काम गर्न निजामती कर्मचारी संगठनको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १३:५६

२७ भदौ, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले ‘राष्ट्र रहे हामी रहन्छौं’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै धैर्यता र विवेकपूर्ण ढंगले काम गर्न आह्वान गरेको छ ।

साथै राष्ट्रिय संकट समाधानका लागि तत्काल वार्ता, संवाद र शान्तिपूर्ण प्रक्रियाको माध्यमबाट वर्तमान संविधानको रक्षा गर्दै माग सम्बोधन गर्न पनि संगठनले सरोकारवालालाई अपिल गरेको छ ।

अध्यक्ष भगवती न्यौपाने दाहाल र महासचिव रामचन्द्र अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।

उनीहरुले परिवर्तित सन्दर्भमा आन्दोलनको नतिजालाई आत्मसाथ गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई सेवा प्रवाहको लागि सुरक्षित वातावरणमा काम गर्न आग्रह पनि गरेका छन् । साथै सम्बद्ध पक्षसँग समन्वय गरी आफ्नो कार्यालयको सरसफाइ तथा अभिलेखको सुरक्षा र संरक्षण गर्दै सेवा प्रवाहमा जुट्न पनि अपिल गरेका छन् ।

संगठनले सुरक्षित र संयमित हुँदै अत्यावश्यक सेवामा सहजीकरण गरिदिन कर्मचारीहरुलाई अनुरोध गरेको छ । साथै सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई आन्दोलनको क्रममा घाइतेहरुको उद्धार, उपचार र सहायतामा अविचलित भई निरन्तर लागिरहन आह्वान पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?