Comments Add Comment

नवीन ढुंगाना

लेखकबाट थप

List Grid
सुन र महँगा गाडीसहित आधा दर्जन वस्तु आयातमा कडाइ गर्ने तयारी

१८ असोज, काठमाडौं । उच्च आयातका कारण आर्थिक असन्तुलन पैदा हुनसक्ने जोखिम बढेपछि सरकारले महँगा र बिलासिताका वस्तु आयातमा कडाइ गर्ने भएको छ । विगतमा आयातका लागि कोटा प्रणाली लागू गरिएका र धेरै मात्रामा आयात भइरहेका बिलासिता वस्तुको आयात रोक्नेबारे गृहकार्य थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यदि यो व्यवस्था कार्यान्वनयमा आए सुन तथा […]

डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

१५ असोज, काठमाडौं । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् […]

तीन सय घरपरिवार बस्ने गाउँ जोड्ने पुल भत्काएर ठेकदार फरार

१५ असोज, काठमाडौं । कतै कच्ची र कतै पक्की सडक छिचोल्दै सीतापाइला चोकबाट चार किलोमिटर उत्तर पश्चिम लागेपछि ‘रामकोट स्तुपा’ भन्ने ठाउँमा पुगिन्छ । देशको केन्द्रीय राजधानी शहर काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका ६ मा पर्ने उक्त ठाउँ महाँकाल र त्रिवेणी खोलाको दोभान पनि हो । अहिले यो गाउँका बासिन्दालाई जान-आउन  चरम सकस छ । खोलाको […]

दशैं बजार : बढ्यो चहलपहल, बढेन व्यापार

पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन् । सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।

सकसपूर्ण उत्तरको बाटो 

११ असोज, काठमाडौं । तातोपानी र रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ नगएको दुई वर्ष भयो । यी नाका हुँदै नेपाल वस्तु भित्र्याउन पनि कडा चिनियाँ शर्त मानेर कोटा प्रणालीको पालना गर्नुपर्छ । नेपालका उत्तरी नाकाहरू किन सकसपूर्ण हुँदैछन् ?

आयातित कपडालाई स्वदेशी गार्मेन्टको चुनौती

७ असोज, काठमाडौं । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने आकाश श्रेष्ठलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै […]

ग्यासको अनुदान इन्डक्सन चुल्होमा सार्न आयल निगमको प्रस्ताव

२३ भदौ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होमार्फत विस्थापनका लागि सरकारले योजना बनाएमा सहयोग गर्न तयार रहेको बताएको छ । खाना पकाउने ग्यासमा धान्नै नसक्ने गरी घाटा बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले चाहेमा ग्यासमा दिँदै आइएको अनुदान इन्डक्सन चुल्होमा सारेर आवश्यक अनुदानका लागि आर्थिक सहयोग गर्न निगम तयार भएको […]

३२ मध्ये २७ ठेकदारले ल्याएनन् समयमै रासायनिक मल

७ भदौ, काठमाडौं । सरकारले अनुदानमा किसानलाई बिक्री गर्ने रासायिनक मल पछिल्लो साढे तीन वर्षदेखि समयमै नल्याउने क्रम मौलाएको छ । यो अवसधिमा मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गरेको ३२ वटा ठेक्कामा ५ वटा ठेकदारले मात्रै समयमै मल नेपाल ल्याइपुर्‍याएको महालेखा परिक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ । समयमै मलको आपूर्ति […]

रिलेबलिङ : कराेडौंको बदमासीमा लाख तिरेर उन्मुक्ति

२२ साउन, काठमाडौं । उपभोग्य अवधि नाघेको वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दा काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा हुन थालेको छ । जसमा दैनिक प्रयोगका खाद्यवस्तुदेखि सौन्दर्य सामग्री र बालबालिका तथा ज्येष्ठ नागरिकको आहारसम्म पर्दछन् । पछिल्लो दुई वर्षमा उपत्यकामा म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाएको पाँच ठूला घटनामा मालिकसहित १५ जना […]

गुणस्तरहीन बटर बिक्री प्रकरण : बिक्रेतालाई कमिसन, उपभोक्तालाई छुट !

१९ साउन, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) ले बिक्रेतालाई कमिसन र उपभोक्तालाई छुट दिएर गुणस्तरहीन बटर (नौनी घ्यु) बिक्री गरेको पाइएको छ । २०७७ असोज २७ मा गरिएको बजार अनुगमनको क्रममा संस्थानको बालाजु प्लान्टमा म्याद सकिएको झण्डै दुई लाख किलो बटर फेला परेको थियो । दूग्धजन्य पदार्थको मौज्दात बढ्दै गएपछि उपभोक्तालाई त्यही बटरबाट बनाइएको […]

अखाद्य प्रमाणित झण्डै दुई लाख किलो नौनी घ्यू सरकारी कम्पनीले बेच्यो जनतालाई

१८ साउन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको भनेर प्रमाणित गरेको झण्डै दुई लाख किलो बटर दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई बिक्री गरेको खुलेको छ । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको थियो । संस्थानको बालाजु […]

व्यवसायी भन्छन्- सडक बनेन, मान्छेले बोकाएर अन्तर्राष्ट्रिय व्यापार कहिलेसम्म गर्ने ?

७ साउन, काठमाडौं । व्यवसायी फुनु शेर्पा नेपालका लागि चीनबाट स्याउ र रेडिमेट कपडाको आयात गर्छन् । तातोपानी नाका भएर उनले आयात गरेका वस्तु चीनबाट बढीमा १६ दिनमा काठमाडौं आइपुग्थ्यो । तर, पछिल्लो एक महिनादेखि फुनुले चीनबाट ल्याउने सामाग्री काठमाडौं आउन ३५ दिनसम्म लाग्न थालेको छ । सामान आइपुग्ने समय दोब्बरले बढ्दा सामानको लागत र […]