+
+

अमेरिकामा जन्मियो चमत्कारी गाइ, दुइ टाउका एक मस्तिष्क (फोटोफिचर र भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १९ गते १७:४५

दुइवटा टाउको, दुइवटा थुतुनो, चारवटा आँखा तथा एउटा मात्र मस्तिष्क । यस्तो चमत्कारिक गाइको बाच्छी जन्मिएको छ अमेरिकामा । हामीकहाँ भए त त्यस्तो बाच्छी जन्मिँदा बित्तिकै भगवान भनेर पुजा गर्नेको ताँती लाग्थ्यो होला । तर अमेरिकामा त्यस्तो हुने कुरै भएन ।

1

तथापि त्यसलाई इश्वरकै वरदान भन्ने मानिसको भने कमी छैन । समाचार माध्यमहरुले त्यसलाई पवित्र गाइ भनेका छन् । भर्मोन्टमा रहेको एक कृषि फार्ममा यस्तो अनौठो बाच्छी जन्मिएको हो । उक्त बाच्छीको नाम भने राखिएको छैन ।

2

गाइपालक क्रिस्टेन क्विन्सेलले आफ्नो फार्ममा यस्तो गाइ जन्मिँदा आफुहरु निकै खुसी रहेको बताउँछिन् । मस्तिष्क एउटै भएकाले एउटा मुखले जे गर्यो अर्को मुखले पनि त्यहीँ गर्छ । त्यो बाच्छीले दुबै मुखले खान सक्छ र कराउन पनि सक्छ ।

3

त्यसलाई चमत्कार भनेपछि, अद्धितिय भनेपनि वा जे मनलाग्छ त्यो भनेपछि आखिर त्यो बाच्छी बरदान रहेको र आफुले त्यसको सधै हेरचाह गर्ने गाइधनी क्विन्सेल बताउँछिन् । स्मरण रहोस् अमेरिकाको जर्जियामा गएको जनवरीमा पनि दुइ टाउके बाच्छो जन्मिएको थियो भने गएको वर्ष ओक्लोहामामा ६ खुट्टा भएको बाच्छो जन्मिएको थियो ।

भिडियो

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?