+
+
Shares

चुनावको दिन नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल हुने

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १ गते ९:५८

१ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच मंसिर ४ गते मैत्रिपूर्ण फुटबल हुने भएको छ । जुन दिन नेपालमा दोस्रो संविधानसभाका लागि मतदान हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले राखेको मैत्रिपूर्ण फुटबलको प्रस्ताव अल इण्डिया फुटबल फेडेरेसनले स्वीकार गरेको हो । नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल भारतको चेन्नईमा हुनेछ । नेपालसँग खेल्ने अघि भारतीय फुटबल टोलीले १५ नोभेम्बरमा फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

नेपाल र भारतबीच अहिलेसम्म १४ भेट भएको छ, जसमा ९ खेल भारतले जितेको छ । ३ खेलमा नेपाल विजयी भएको छ । तर, पछिल्लो पटक हालै काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतमाथि २–१ को जित निकालेको थियो । फिफाले बिहीबार जारी गरेको नयाँ बरियतामा भारत १५४ र नेपाल १६५ औं स्थानमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?