१ कात्तिक, काठमाडौं । महान फुटबल खेलाडि पेलेको जिवन कथा समेटिएको पुस्तक सार्वजनिक भएपछि उनका प्रसंसकहरु निकै खुसी भए, कारण अब किताबमा पेलेलाई पढ्न पाइने भयो । तर उक्त पुस्तक सार्वजनिक गर्ने क्रममा पेलेले भने आँशु थाम्न सकेनन् ।
७२ वर्षे पेलेले ब्राजिलको साओ पाओलोमा आयोजित एक समारोहबीच आफ्नै बारेमा लेखिएको निकै मोटो किताब ‘पेले’ सार्वजनिक गरे । पुस्तक लोकार्पण समारोहमा पाना पल्टाउँदै जाँदा पेलेको आँखाबाट आँशु चुहियो, उनले हातले आँशु पुछे । पुस्तकमा झण्डै ५ सय वटा तस्वीर समावेश गरिएको छ । उनले आँखा पुछ्दै भने ती सबै तस्वीर हेर्दा निकै चलायमान बनेँ ।
पेलेले टि्वटर मार्फत पुस्तकमा समावेश ती तस्वीरले आफुलाई आफ्नो करिअरमा सहयोग गर्ने तथा माया गर्ने सबै मानिस, परिवार, साथी तथा फ्यानहरुलाई सम्झाएको बताए ।
३३ पाउण्ड तौलको यो किताबको मूल्य भने निकै चर्को छ । यसको भाउ १ हजार ७ सय अमेरिकी डलर तोकिएको छ भने जम्मा १२८३ प्रति छापिएको छ । यो पुस्तकको उच्च गुणस्तरीय संस्करणलाई भने २ हजार ६ सय डलर पर्नेछ । यो पुस्तकको विश्वव्यापी औपचारिक लोकार्पण भने अक्टोबर २९ मा लण्डनमा हुनेछ ।


प्रतिक्रिया 4