+
+
Shares

म्याराडोनाको उपस्थितिले रोकेन नापोलीको हार

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १०:१६

२ कात्तिक, काठमाडौं । एएस रोमाले इलालियन सिरि ‘ए’ को शीर्षता कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रोमाले नापोलीमाथि २–० को जित निकालेको हो ।

AS roma

मिरालेम जानिक नायक बने । जानिकले पहिलो हापको अन्तिममा फ्रिकिकमार्फत गोल गर्दै रोमालाई सुरुवाति अग्रता दिलाए । ७१ औं मिनेटमा नापोलीले दोहोरो झड्का व्यहो¥यो । पाओलो कानभारो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने रोमाले पेनाल्टी पायो । जसमा गोल गर्दै जानिकले रोमालाई २–० को जितका साथ महत्वपूर्ण ३ अंक दिलाए ।

नापोलीको समर्थनमा पूर्व खेलाडी एवं अर्जेन्टिनी महान फुटबल डिएगो म्याराडोना खेल हेर्न रंगशाला पुगेका थिए । राफेल बेनिटेजको नापोलीले यसअघिको ७ खेलमा मात्र २ अंक गुमाएका थिए । तर, रोमासँगको हारसँगै अपराजित यात्रामा पूर्ण विराम मात्र लागेन, लिग लिडरभन्दा ५ अंकले पछि परेको छ । जितपछि रोमा ८ खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा छ भने १९ अंक जोडेको नापोली तेस्रो स्थानमा छ ।

Diego Maradona

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?