+
+
Shares

बाम बुद्धिजिवी संग्रौला गगनको चुनाव प्रचारमा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १४:०१

२ कात्तिक, काठमाडौं। काँग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उमेद्वार गगन थापा चाहविल क्षेत्रमा चुनावी अभियानमा पुग्दा बाम बुद्धिजिवी खगेन्द्र संग्रौलाले हार्दिकतापूर्वक स्वागत गर्नुभयो।

gagan_khagendra

संग्रौलाले थापालाई घरमा लगेर टीका लगाई विजयको शुभकामना दिनुभयो । घरमा सकिएको अबिर लिन संग्रौलाकी श्रीमती जमुना गुरुङले संग्रौलालाई पसलमा पठाउनुभएको थियो । आफूले ल्याएको अबिरले श्रीमतीले थापालाई टीका लगाइदिएपछि संग्रौला दम्पतीले थापालाई सगुनको रुपमा दही खुवाएर जीतको आशिर्वाद दिनुभएको थियो । साथमा जमुना गुरुङ संग्रौलाले थापालाई बुद्धिमान बिबेकशील र बिनम्र हुन शुभकामना दिनुभयो । गगन थापालाई छोरा भनेर सम्वोधन गर्दै उहाँले काँग्रेस उमेद्वार थापालाई देशकै छोरा हुन शुभकामना समेत दिनुभयो ।

घरमा थापालाई विजयको शुभकामना दिनुभएका संग्रौला दम्पती त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत जानुभएको थियो ।

थापाले शनिवार बुलबुले क्षेत्रमा समेत घरदैलो गरेको काँग्रेस क्षेत्र नम्बर ४ का सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

स्मरण रहोस् विगत ०५१ को संसदीय चुनावमा पनि वाम बुद्धिजिवी संग्रौलाले एमाले नेतृ विद्या भण्डारीको साटो कांग्रेसका दमननाथ ढुंगानाको समर्थन गर्नुभएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?