+
+
Shares

मंसीरको चुनाव हिन्दू राष्ट्र जोगाउने अन्तिम अवसरः थापा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २ गते १५:१९

२ कातिक, मोरङ । राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाले मंसीरमा हुने संविधानसभाको निर्वाचन नेपाललाई हिन्दू राष्ट्र बनाउने अन्तिम अवसर भएको बताउनु् भएको छ ।

मोरङको उर्लाबारीमा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै अध्यक्ष थापाले विश्वका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्र रहोस् भन्ने रहेको बताउनुभयो। ‘विश्वभरीका हिन्दूहरुको चहानालाई पूरा गर्न देशव्यापी दौडाहामा लाग्नुपर्ने भएकाले म प्रत्यक्षमा नलडेको हुा ।’ थापाले भन्नुभयो ।

kamla-thapaराप्रपा नेपाल राजसंस्थाको पक्षमा भए पनि देश ०६३ भन्दा अघि नर्फकने बताउादै थापाले राजसंस्थालाई संविधानमा सम्मान दिने कुरामा आफूहरु लागेको बताउनुभयो।

‘राष्ट्रियता जोगाउन र हिन्दू धर्मको रक्षाका लागि राप्रपा नेपालका एजेन्डा नेपाली जनता सुहाउादा छन् ।’, अध्यक्ष थापाले भन्नुभयो, ‘जातीय आधारमा संघीयता र धर्म निरपेक्षताले देशलाई विखण्डनमा लैजान्छ । निर्वाचनले हिन्दू राष्ट्र हुनुपर्छ भन्नेहरुको शक्तिलाई मजबुत बनाउने छ ।’

भारतीय नेता नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन सहयोगको प्रविद्धता पनि जनाएको थापाको भनाई थियो । दसैंको नवरात्रको अवसरमा आर्ट अफ लिभिङका गुरु शिवशंकरको कार्यक्रममा सहभागी हुन भारत गएका बेला मोदीले आफूसँगको भेटमा नेपाललाई हिन्दूराज्य बनाउन सहयोगको प्रविवद्धता गरेको अध्यक्ष थापाले खुलाउनुभयो ।

‘भाजपा नेता मोदीसँग वहाँकै सरकारी निवासमा करिब एक घण्टा कुराकानी भयो ।’, थापाले भन्नुभयो, ‘मोदीले पहिले देखि नै नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताउनु भएको  छ। वहाँको सहयोग र सद्भावले हाम्रो एजेन्डामा सफल हुन्छौ ।’

तेजन खड्काबाट

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?