३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप दिएको छ ।
उपसभापति रामचन्द्र पौडेल नेतृत्वको समितिको शनिबार बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अन्तिम रुप दिएको हो । ‘हाम्रो समितिले घोषणा पत्रलाई अन्तिम रुप दिएको छ’ सदस्य मानबहादुर विश्वकर्माले अनलाइनखबरसँग भन्नुभयो-‘मंगलबार सार्वजनिक गर्ने तयारी छ ।’
कांग्रेसले ७ प्रदेशको संघीय मोडल अघि सारेको छ भने १३ प्रदेशको विकल्प दिइएको छ । ‘प्रदेशहरुको नामाकरण गरिएको छैन’ विश्वकर्माले भन्नुभयो । प्रदेशहरु बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हुने कांग्रेसको धारणा छ ।
कांग्रेसले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको पुरानै प्रस्तावलाई घोषणा पत्रमा समेटेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4