१९ पुस काठमाडौं । धितोपत्र दलालको कारोबार गर्ने इम्पेरियल सेक्यूरेटिज (नं.४५) मा आगलागी भएको छ । बिहिबार बिहान ७ वजे विद्य्त सर्ट भएर आग्लागी भएको हो । मोतिराम पौडेल सञ्चालक रहेको उक्त कम्पनीको अनामनगरमा रहेको कार्यालमा स्टोर गरिएको कोठामा आग्लागी भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
आग्लागीबाट सामान्य क्षति भएको प्रहमरीले जनाएको छ । आग्लागी लगत्तै धितोपत्र दलाल व्यवसायी संघका अध्यक्ष नरेन्द्र सिँजापतिले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीलाई जानकारी गराउनुभएको थियो । ‘आग्लागीको निरिक्षण गर्न धितोपर्त्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएसका प्रतिनिधि गएका थियौं’ धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले अनलाइनखबरसँग भन्नुभयो -‘विद्युत् सर्ट भएर आगो लागेको रहेछ, तत्काल थाहा पाएकाले समयमै आग्लागी नियन्त्रण भयो, सम्पूर्ण कागजातहरु सुरक्षित छन् ।’
भौतिकरुपमा एउटा कम्यूटर र एउटा डेस्क नष्ट भएको छ । धितोपत्र लगानीकतासँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित रहेको बताइएको छ । धितोपत्रको भौतिक कारोबार गर्दा यस्ता किसिमका जोखिम हुने गरेका छन् । सिडिएस पूर्णरुपमा सञ्चालनमा आएपछि धितोपत्रके अभौतिक कारोबार हुन्छ र सरोकारवालाहरुले यस्तो समस्या भोग्नुपर्दैन ।
प्रतिक्रिया 4