Comments Add Comment

टेक्सास ड्यालसमा सांगीतिक साँझ भव्यरूपले सम्पन्न

बिकाश राज न्यौपाने

टेक्सास । टेक्सासको  ड्यालसमा  एकल सांगीतिक साँझ सम्पन्न भएको छ । गत जुलाई १९ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरको अगुवाईमा एकल सांगीतिक साँझ सम्पन्न भएको हो । रमाइलो सन्ध्यामा नेपाली आधुनिक संगीतका नक्षेत्र ओमविक्रम विष्टलाई  ड्यालसका नेपाली संगीत प्रेमीहरुले सुन्ने र उहाँलाई अझै नजिकबाट चिन्ने प्रयास गरे ।saaj-bista-

 तीन दशक भन्दा लामो सिर्जनाको यात्रामा अबिराम समर्पित एउटा सार्थक आवाज जो नेपाली आधुनिक संगीतका लागि आगत पिढीलाई आमन्त्रित गर्ने एक उत्प्रेरक गायक पनि हुनुहुन्छ। यस्तो गायक लाई समाज सामु प्रस्तुत गरेर धेरै गुन कमाएको सुनाए उपस्थित साहित्यानुरागीहरुले। त्यो साँझ एउटा अभूतपुर्ब साँझ बन्यो  ड्यालसमा।

 कार्यक्रमका परिकल्पनाकार तथा  श्री ओमविक्रम विष्टलाई झन्डै ४० बर्षदेखि चिन्दै आउनु भएका काब्य शिल्पी विप्लब प्रतीकले आयोजकका तर्फबाट कार्यक्रमका बारेमा  प्रस्ट पार्नु भयो। साँझ ८:४५ बजे शुरु भएको कार्यक्रम राती १२ बजे सम्म चलेको थियो। कार्यक्रम अनेसासका तर्फबाट भीम  कार्की,अन्जन श्रेष्ठ,बेदराज बस्नेत तथा रबिन भण्डारीले विष्टलाई पुष्प गुच्छा तथा अध्यक्ष बाशु शर्मा अभिनन्दन पत्र प्रदान गर्नुभयो। कार्यक्रममा  विष्टले ४ वटा गीतहरु लाइभ म्युजिकमा तथा अन्य १०-१२ वटा गीतहरु ट्रयाकमा गाउनु भएको थियो।

  ड्यालसको अर्भिन्गस्थित नेपाली ‘रमाइलो रेस्टुरेन्ट’ मा आयोजना गरिएको उक्त कार्यक्रममा १०० जना भन्दा बढी सहभागी रहेको अनेसासका केन्द्रीय सचिब बेदु बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment