Comments Add Comment

सिटी बैंकको नाफा ९ करोड ८१ लाख

१४ साउन काठमाडौं । सिटी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा साढे तीन करोड रुपैयाँ ब्याज आम्दानी बढेपछि बैंकको नाफा पनि बढ्न गएको हो । अघिल्लो आर्थिक वर्ष १४ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १७ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जामा सामान्य सुधार आएको छ । अघिल्लो वर्ष ०.३६ प्रतिशत रहेको खराब कर्जा समिक्षा वर्षमा ०.३२ प्रतिशमा झरेको छ ।

यस अवधिमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले दुई अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको चुक्त पुँजी ३६ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment