Comments Add Comment

तेस्रो टेष्टमा भारत पराजित

१५ साउन, काठमाडौं । इङ्ल्याण्डविरुद्धको तेस्रो टेष्टमा भारतले २६६ रनको हार व्यहोरेको छ । यससँगै पाँच म्याचको श्रृखलामा १-१ को बराबरी भएको छ ।

जितका लागि इङ्ल्याण्डले ४४५ रनको लक्ष्य दिएको थियो तर, भारत १७८ रनमा आलआउट भयो । इङ्ल्याण्डको जितमा स्पिन बलर मोइन अलीको महत्वपूर्ण योगदान रहृयो । उनले दोस्रो पारीमा मात्र ६७ रन दिएर ६ विकेट लिए ।

भारतका अजिन्क्या रहाणेले इङ्ल्याण्डका बलरहरुको डटेर सामना गरे । उनी ५२ रनमा अविजित रहे । उनले पहिलो पारीमा पनि अर्धशतक बनाएका थिए ।

तर, भारतका अन्य व्याट्सम्यान चल्न सकेनन् । पहिले व्याटिङ गरेको इङ्ल्याण्डले सात विकेटको क्षतिमा बनाएको ५६९ रन बनाएपछि पहिलो पारी समाप्तीको घोषणा गरेको थियो ।

जवाफमा भारतले सबै विकेट गुमाएर ३३० रन बनाएपछि फलोअनमा परेको थियो । तर, आफैं दोस्रो पारीमा व्याटिङ गरेको इङ्ल्याण्डले ४ विकेटको क्षतिमा २०५ रन बनाउँदै ४४५ रनको लक्ष्य दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment