Comments Add Comment

म्यानचेष्टर सिटीद्वारा लिभरपुल पराजित

Stevan Jovetic१० भदौ, काठमाडौं । इङग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले बलियो प्रतिद्वन्द्वी लिभरपुललाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुलमाथि ३–१ को प्रभावशाली जित हात पारेको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४१ औं मिनेटमा स्टीभन जोभिटिकको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा जोभिटिकले व्यक्तिगत दोस्रो गोल गरे ।

६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । एग्युरोले इडेन जोकोको स्थानमा मैदान प्रवेश गरेको मात्र २३ सकेण्डमा गोल गरेका हुन् ।

८४ औ मिनेटमा सिटीका जाबालेटाले आत्मघाती गोल गरेपनि लिभरपुल खेलमा फर्कन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment