Comments Add Comment

सुनिल थापा विरामी

Sunil-Thapa
काठमाडौं । ज्यानलाई सन्चो नभएपछि अभिनेता सुनिल थापा अस्पताल भर्ना भएका छन् । रुगा, खोकी र ज्वारोले समाएपछि अभिनेता थापा मंगलवार जावलाखेलस्थित अल्का अस्पताल भर्ना भएका हुन् ।

उनको स्थिती सामान्य रहेको अस्पतालले जनाएको छ । ‘मलाई ज्वरो, रुघाखोकीको समस्याले सतायो ।’ उनले फेशबुक स्टाटस लेखेका छन् । प्रसंसकहरुले केबल चाँडो निको होस् भनेर शुभकामना दिएका मात्रै छैनन् । कतिपयले डक्टरलाई छिटो उपचार गरिदिन आग्रह पनि गरेका छन् ।

तुलसी घिमिरे निर्देशित चलचित्र चिनोमा काम गरेपछि खुंखार भिलेनको रुपमा स्थापित थापाले दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेका छन् । पछल्लो समय सञ्जयलीला भन्साली निर्देशित हिन्दी फिल्म ‘मेरी कोम’ मा अभिनय गरेपछि उनको प्रसंसा गर्नेहरु बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment