Comments Add Comment

शिल्पा र रिजुको भाले भिडन्त

silpa-and-riju
काठमाडौ । शुक्रवारदेखि दुई नयाँ हिरोइन शिल्पा पोखरेल र रिजु श्रेष्ठवीच भाले भिडन्त हुने भएको छ ।
शिल्पा अभिनित ‘लज्जा’ र रिजु अभिनित ‘स्टुपिडमन’ एउटै मितिमा रिलिज हुने भएपछि दुई नयाँ अनुहारको भिडन्त हुने भएको हो ।
यी दुबै हिरोइन फिचर फिल्मका लागि नयाँ अनुहार हुन् । डेढसयको हाराहारीमा म्युजिक भिडियोमा काम गरेकी शिल्पा सानो पर्दाका घरायसी दर्शकमाझ लोकपि्रय छिन् । त्यसो त अर्की नायिका रिजुले पनि सानो पर्दा मार्फत् नै दर्शकसँग साइनो गाँसेकी हुन् ।
गीत संगीतसँग सम्बन्धित कार्यक्रम ‘कल कान्तिपुर’ की सञ्चालिका रिजुले ‘टिनएज’ पुस्तामा परिचित छिन् । उनीहरुले अभिनय गरेको फिल्म पनि प्रसंसक अनुरुपकै छन् । शिल्पाले लज्जामा घरायसी गृहणीको भूमिका निर्वाह गरेकी छिन् भने रिजाले ‘स्टुपिड मन’मा बिन्दास युवतीको चरित्र निर्वाह गरेकी छिन् ।
निरज बरालको लगानीमा रहेको स्टुपडि मनमा रिजुका नायक निरज नै रहेका छन् भने, लज्जामा शिल्पाको नायक आर्यन सिग्देल छन् । शुक्रवार नै बलिउड अभिनेता शाहरुख खानको प्रतिक्षित फिल्म ‘ह्याप्पी न्यु इयर’ पनि रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment