२२ कात्तिक, काठमाडौं । पपुवा न्यूगिनीले पहिलो एकदिवसीय क्रिकेटमा जित हात पार्दै इतिहास रचेको छ ।
हालै मात्र एकदिवसीय मान्यता पाएको पपुवा न्यूगिनीले हङकङसँग पहिलो एकदिवसीय क्रिकेट खेलेका थिए । अष्ट्रोलियाको टासन्सभिलमा भएको खेलमा पपुवा न्यूगिनीले हङकङलाई ४ विकेटले हराएको छ ।
न्यूजितल्याण्डमा भएको विश्वकप छनोटमा तेस्रो र चौथो भएको हङकङ र पपुवा न्यूगिनीले एकदिवसीय राष्ट्रको मान्यता पाएका थिए । आइसीसी डेभलोपमेन्ट प्रोग्राम अन्तरगत पपुवा न्यूगिनी र हङकङबीच दुई म्याचको सिरिज हुनेछ ।
पहिले व्याटिङ गरेको हङकङले ४८.३ ओभरमा २०२ रन बनाउँदा सबै विकेट गुमायो । उसका लागि जेमी एटि्कन्सनले ६० रन बनाए ।
जवाफमा मैदान उत्रिएको पपुवा न्यूगिनीले ४० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि चाल्स अमिनीले अविजित ६१ रन बनाए भने मोरेराले ५१ रनको योगदान दिएका छन् ।
दोस्रो एकदिवसीय म्याच आइतबार हुनेछ ।