Comments Add Comment

काठमाडौंको सडकमा के छोपियो, के देखियो ? (फोटोकथा)

banaudi (24)

५ मंसिर, काठमाडौं । १८ औं सार्क शिखर सम्मेलन आउन अब एक हप्ता पनि बाँकी छैन । तर, सार्क सम्मेलनलाई लक्षित गरेर थालिएको काठमाडौं उपत्यकाको सरसफाइ र पुनर्निर्माणको काम अलपत्र छ । हतारको काम लतार भन्ने नेपाली उखानसँग ठ्याक्कै मेल खाएको छ सरकारको गतिविधिले ।

पल्टनियाँ आइसके खाना दाना तयार छैन भन्ने आहानजस्तै सार्क सम्मेलनका पाहुनाहरु काठमाडौं आउने बेलासम्म निर्माण कार्य असरल्लै छ ।

banaudi (21)

छिटो काम सक्ने नाममा गरिएका काम गुणस्तरीय छैनन् । टालटुले काम गरेर करोडौं बजेट झ्वाम पारिएको छ । हतार-हतारमा मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर निकासा गरिएको बजेट सदुपयोग भन्दा बढी दुरुपयोग भएको छ ।

सार्क सम्मेलनमा सहभागी हुने पाहुनाहरु अवतरण गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि तीनकुने, मीनभवन, नयाँबानेश्वर, बबरमहलसम्मको सडकपेटी पटक-पटक भत्काइएको छ । भत्काइएका स्थान मर्मत नगरी अलपत्र छाडिदिँदा काठमाडौं कुरुप भएको छ ।

TINKUNE-Kathmandu-BAR-final
तिनकुनेको लाज छोप्न जस्ताको सहारा

तीनकुनेमा पार्क बनाउने भनिए पनि काम सकिएन । अहिले तीनकुनेको खाली जग्गालाई वरिपरि निलो जस्ताको बार लगाएर छोपिएको छ । तीनकुनेमा पार्क बनाउन एक करोड रुपैयाँ निकासा भएको थियो ।

सानादेखि ठूला दलका नेताहरु आवत-जावत गर्ने संविधानसभा भवन किनाराको सडकपेटीमा यत्रतत्र छरिएका ढुंगा देख्दा राजधानी शहर हो कि ढुंगेबगर, छुट्टाउन गाह्रो पर्छ । सडक फराकिलो बनाउने नाममा कतै-कतै सर्वसाधारण हिँड्ने सडकपेटी समेत भत्काइएको छ भने रुख रोप्न भनेर खनिएका खाल्डासमेत पुरिएका छैनन् ।

सडक किनारमा सार्क सदस्य राष्ट्रका झण्डा राख्नका लागि ठड्याउने भनिएका पोल पनि सडक किनारमै अलपत्र पारेर थुपारिएको छ । कतिपय स्थानमा सडक पीच गर्न नभ्याएर अलकत्राको कालो झोल छर्केर त्यतिकै छाडिएको छ । श्रीधर पौडेलले क्यामरामा कैद गरेका तस्वीरहरु हेर्नुस् 

banaudi (1)
भत्काइएको सडकपेटीले सर्बसाधारणलाई हिँड्न पनि गाह्रो भएको छ

banaudi (26)

banaudi (23)
सडकपेटी हो की ढुंगेबगर ?

banaudi (22)

banaudi (25)

banaudi (20)
पानी पर्दा हिलो र घाम लाग्दा धूलो निम्ताइएपछि के होला हालत ?

banaudi (10)

banaudi (19)

banaudi (18)

banaudi (13)
तिनकुनेमा पार्क बनाउँदा बनाउँदै नभ्याइएपछि
banaudi (5)
सार्क राष्ट्रका झण्डा राख्ने पोलहरु गाड्न नभ्याएपछि असरल्ल अवस्थामा
banaudi (17)
तिनकुनेमा जस्ताको बार लगाउने तयारीमा खाल्डो खन्दै कामदारहरु
banaudi (6)
तिनकुने क्षेत्रमा थुपारिएका ह्यूमपाइपहरु

banaudi (7)

banaudi (3)
जमिनमा गाड्नुको साटो त्यतिकै राखिएका सिमेन्टका यी ब्लकहरु कतिदिन ठडिएलान् ?

banaudi (4)

banaudi (8)
बाटो फराकिलो बनाउने क्रममा सडकपेटी नै नराखिएपछि सडकमै हिँड्दै एक साइकल यात्री
banaudi (9)
त्रिभुवन विमानस्थलको मुख्य गेट अगाडि छाडिएका ड्रमहरु
banaudi (11)
पीच गर्न नभ्याइएपछि अलकत्राको झोलको सहारा, सडकपेटी पनि छैन

banaudi (12)

banaudi (14)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment