Comments Add Comment

भारतमा प्रतिबन्ध लागेपछि डराएकी थिएँः माहिरा खान

चलचित्र ‘रइस’मा बलिउड नायक साहरुख खानसँग काम गरेकी पाकिस्तानी नायिका माहिरा खानले भारतमा पाकिस्तानका कलाकारलाई काम गर्नबाट प्रतिबन्ध लगाएपछि आफू निकै डराएको बताएकी छिन् ।

हालै एक पाकिस्तानी मिडियासँग कुरा गर्दै उनले सो समयमा आफूले के गर्ने र नगर्ने निर्णय लिन नसकेको पनि बताएकी छिन् । उनले, आफूलाई सो समयमा थुप्रै वेव सिरिजबाट अफर आएको तर डरका कारण काम नगरेको पनि खुलासा गरेकी हुन् ।

उनले भनेकी छिन्–‘मलाई सो समयमा थुप्रै वेव सिरिजबाट अफर आएको थियो । तर, म निकै डराएकी थिएँ । के गर्ने भन्ने बिषयमा मैले केही पनि निर्णय लिन सकेकी थिइनँ ।’

माहिराले मानिसहरुले के भन्छन् भनेर आफू नडराएको पनि बताएकी छिन् । तर, केही राम्रा कथाहरुबाट अफर आएपनि आफूले स्विकार गर्न नसकेको उनले बताएकी छिन् ।

तर, अब भने आफूलाई कसैले पनि प्रभावित बनाउन नसक्ने उनको भनाई छ । माहिराले चाडै नै भारतीय मेकरसँग सहकार्य हुने आशा पनि व्यक्त गरेकी छिन् । सन् २०१६ मा उरीमा आतंकवादी हमला भएपछि पाकिस्तानी कलाकारलाई भारतीय चलचित्र उद्योगमा काम गर्न प्रतिबन्ध लगाइएको थियो ।

तर, सन् २०१९ मा पुलवामा हमला हुँदा ४० जना सीआरपीएफ जवानको ज्यान गएको थियो । यसपछि भने इन्डिया सिने वर्कर्स एसोसियसनले पाकिस्तानी कलाकारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment