Comments Add Comment

फेसबुक र टि्वटरमा मोदीको छलाङ, ओबामासँगको दूरी घट्दै

obama-modi
दुई महिना अघि मात्रै सामाजिक संजालमा विश्वकै दोश्रो लोकप्रिय नेता बन्न सफल भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टि्वटर र फेसबुकमा पछ्याउनेको संख्या तिब्र रुपमा बढिरहेको देखिएको छ ।

आफ्नो संचार रणनीतिलाई तिक्ष्ण रुपमा सामाजिक संजालमै केन्द्रित गरेका मोदीको टि्वटर अकाउण्टमा फलो गर्नेको संख्या ८० लाख नाघेको छ । त्यस्तै उनको फेसबुक पेज लाइक गर्नेको संख्या भने साढे दुई करोड नाघेको छ ।

सामाजिक संजालमा दोश्रो लोकप्रिय नेताको रुपमा उक्लिँदा गएको सेप्टेम्बरमा नरेन्द्र मोदीलाई टि्वटरमा पछ्याउनेको संख्या ६१ लाख ३० हजार थियो भने फेसबुक पेज लाइक गर्ने २ करोड १० लाख थिए । दुई महिनाको अवधिमा मोदीले सामाजिक संजालमा आफ्ना प्रसंसकको संख्या उल्लेखनीय रुपमा बढाउन सफल भएका हुन् ।
सामाजिक संजालमा सबैभन्दा लोकपि्रय रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाको टि्वटर अकाउण्टमा फलोअरको संख्या मोदीको भन्दा निकै माथि छ । टि्वटरमा ओबामालाई पछ्याउनेको संख्या ५ करोड छ । त्यस्तै ओबामाको फेसबुक पेज लाइक गर्नेको संख्या करिब साढे ४ करोड छ ।

मोदीपछि टि्वटरमा तेश्रो लोकप्रिय नेताको रुपमा इण्डोनेसियाका राष्ट्रपति सुसिलो बाङबाङ युधोयोनो छन् । उनका फलोअरको संख्या ५९ लाख ८० हजार छ ।
त्यस्तै फेसबुकमा तेश्रो लोकपि्रय नेताका रुपमा अमेरिकाको रिपब्लिकन पार्टीका नेता तथा सन् २०१२ को राष्ट्रपतिय उमेद्वार मिट रोम्नी रहेका छन् । उनको पेज लाइक गर्नेको संख्या १ करोड १३ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment