Comments Add Comment

अमृतलाई लिटिल माष्टरको उपाधी

Little-master
काठमाडौ । इलिप्स स्कुलका अमृत दहाल यस वर्षको लिटिल माष्टर २०१४ बन्न सफल भएका छन् । आजका अभिभावकको समस्या केहो भन्ने प्रश्नमा उनले बच्चाहरुको माग सकि नसकि पुरा गर्नु र ठूलो भए पछि कस्तो मान्छे बन्ला भनि पीर लिनु हो भन्ने जवाफ दिएका थिए ।

गोरक्ष निखिल स्कुलका प्रवल श्रेष्ठ र बिराट कार्की क्रमशः प्रथम र द्वितिय भएका छन् । बिजेताले क्रमश १२ हजार, १० हजार र ७ हजार नगद रुपैयाको साथै मेडल र ट्रफि पाएका थिए ।

कलश इभेन्ट्सद्वारा आयोजित कार्यक्रममा १ महिना अघि देखि वालकहरुलाइ प्रशिक्षण दिइएको थियो । १० देखि १३ वर्ष उमेर समूहका बालकले कार्यक्रममा सहभागीता जनाएका थिए ।

रेडियो संचालक, गायिका एवं बालअधिकारकर्मी नुपूर भट्टाचार्यकोे प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका निर्णयकहरुमा निर्देशक राजेन्द्र शलभ, प्याबसन उपाध्यक्ष दीपिका थापा, नमूना कलेजका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, वरिष्ठ फोटो ग्राफर शिवलाल श्रेष्ठ तथा बाल अधिकारकर्मी विनिता अधिकारी थिए ।

रोहिया महर्जनकोे कोरियोग्राफी र मिस टिन नेपाल २०१२ आस्था श्रेष्ठको सह कोरियोग्राफी रहेको उक्त प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको आयोजक संस्थाले दाबी गरेको छ ।
कार्यक्रमका उपविजेताहरु
माष्टर ट्यालेन्ट चंदिम श्रेष्ठ
माष्टर फ्रेण्डसिप समिर श्रेष्ठ
माष्टर लिडरशिप समिक प्रधान
माष्टर एथ्लेटिक प्रबल श्रेष्ठ
माष्टर क्रियटिभ मुकेश महर्जन
माष्टर इसिए आयुष रसाइली
माष्टर एकेडेमिक प्रनिश महर्जन
माष्टर इन्टेलिजेन्ट स्वणिर्म श्रेष्ठ
माष्टर पिक्चर पर्फेक्ट गेहेन्द्र महर्जन
माष्टर वेस्ट अटाएर बिद्वोत्तम मोहन रंजित
माष्टर कल्चरल सुजल महर्जन
माष्टर पर्सनालिटि सोहेल खड्गी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment