Comments Add Comment

कविता-भिमदत्त चाहिएको छ…

केपी अनमोल
“कि त जोत हलो,कि त छोड थलो”
भन्नु भाथ्यो नि, हो…त्यो,
अहँ,…अझै मानेका छैनन् ।
बरु हाम्रै छातीमा,
दनदनी हलो जोतिरहेछन् ,
यिनले ।।
kp-anmolयि त, सुन्दै नसुन्ने,
निर्जीब मुर्ती हुन् ।
थाहा छ ?
जनताले, नुन मात्रै पनि
खान नपाउदा,
कत्रो आन्दोलन मच्चाउनु भाथ्यो !
र, हामीले नुन सित्तैमा पाथ्यौं ।
यहाँ त यि ब्वाँसाहरु,
लास समेत,
आफैं खाइदिन्छन् ।
अनि, तपाईले
महाकालीमा बगाएका,
ति शोषक सामन्तीहरु !
फेरि प्रेत बनि,
गाँउ पसेका छन् ।
मेटिएका छैनन् ति,
उठ जाग रे, नेपाली नव जवान जाग रे…
यि जोशिला नाराहरुमा ।
म जस्तै, ठिटाहरु
यसमै परेट खेल्दैछन् अझै ।।
अस्ती मात्रै,
त्यो पल्लो, नयाँबजारको
चिया पसलमा,
ति हर्के काकालाई,
झण्डै मारेनन् !
चुलो छोइस्
तँ त, कामी पो, भनेछन्

हेर्नुन् त कस्ता पाखण्डीहरु…
तपाइले नै सबै
बराबरी हुन् भन्दै,
सार्की, दमाईको
हातबाट पानी ख्वाको होइन ?
अहिले तिनै ठालुहरु
अछुत, दलित भन्छन्,
र, आफू उच्च जाति, चोखा अरे…
न्याय र समानताको बिगुल,
घन्के कै छ, जोर जोरले !
ति, नसुन्ने कान एकदिन पक्कै,
सुन्न बाध्य हुनेछन् ।
मैले आजै सुनेको,
देउडा खेल्दा,
बम्बै जान्याँ रेल गाडीमा, दिल्लीको माल आयो ,
गरिबका दिन आया, ठालुको काल आयो ।
अनि क्रान्ती काहाँ सक्या छ र भन्याँ ?
आज तपाइको,
जन्मदिनमा मात्रै हैन ।
यो देशले मेरो छोरो, भिमदत्त पनि !
भन्न नसक्ने कस्ती आमा ?
अहँ, नसोच्नु तेस्तो, यि पो चोर फटाहा हुन् ।
एउटा कुखुरा मर्दा,
सहिद घोषणा गर्छ यो देश,
जनताको हकअधिकार,
सामन्ती संस्कार
हटाउन लाग्दा,
शिर काटिएर झुण्ड्याइको,
भिमदत्त हराउँछ, शुन्यतामा ।।
किन, ???
आउनुहोस्,फेरि
नेपाली भुमीमा,
भिमदत्त चाहिएको छ ।
यहाँ त जनताका लागि भन्नेहरु,
क्रान्ति गर्नेहरु,
खाली मन्दिरका घण्टा पो रहेछन्,
जो अरुले हल्लाई दिएपछि मात्रै चिच्याउछन् । ।

किसान नेता भिमदत्त पन्तको ८८औं जन्मजयन्तिको अवसरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment