काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको ग्वार्कोमा अत्याधुनिक सुविधासम्पन्न शो-रुम सञ्चालनमा ल्याएको छ ।
गोलमेश्वर अटो इन्टरप्राइजेजको नामबाट सञ्चालनमा आएको शो-रुममा थ्रिएस सेल्स्, सर्भिस र स्पेयर्सको सेवा उपलब्ध हुने बताइएको छ । शो-रुमको उद्घाटन हंसराज हुलासचन्द एण्ड कम्पनीका उपाध्यक्ष अमिताव अग्रवालले गरे ।
शो-रुम उद्घाटन गर्दै उपाध्यक्ष अग्रवालले ग्वार्कोमा नयाँ शो-रुम सञ्चालनमा ल्याउन पाएकोमा खुशी लागेको बताए । शो-रुमबाट बजाजका सबै ग्राहकहरुलाई उच्चस्तरीय सेवाहरु प्रदान गर्ने उनको भनाई थियो ।
उद्घाटनको उपलक्ष्यमा गोलमेश्वर अटो इन्टरप्राईजेजले ग्राहकहरुका लागि उपहारको समेत घोषणा गरेको छ ।