Comments Add Comment

दीपेन्द्रले ‘पशुपति प्रसाद’ बनाउँदै

pasupati-prasad
निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । यो चलचित्रमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता छन् । चलचित्रको नाम ‘पशुपति प्रसाद’ राखिएको छ ।

चलचित्रमा ‘टलकजंग भर्सेस टुल्के’का कलाकार खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिदैछन् । उनको साथमा चलचित्रमा विपिन कार्की र रविन्द्र सिंह बाँनिया मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रमा रोजिना श्रेष्ठ, रिता श्रेष्ठ, रजना नापितको लगानी रहनेछ । चलचित्रको छायांकन फागुनबाट सुरु गरिने निर्देशक खनालले जानकारी दिएका छन् । ‘पशुपति प्रसाद’ एक पात्रको नाम भएको खनालले बताए ।

सामाजिक कथामा नै यो चलचित्रको निर्माण हुनेछ । चलचित्र ‘झोले’ निर्देशन गरेको करिब एक बर्षपछि दीपेन्द्रले अर्को चलचित्र निर्देशन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment