Comments Add Comment

बच्चाका लागि घुस बन्दैछ इन्टरनेट र ट्याबलेट

baby tabload
बच्चाहरु कुनै पनि काम गर्न वा नगर्न उक्साउनका लागि चकलेट, खेलौनाको पुरस्कार वा थप्पड वा अन्य खाले सजाय दिने गरिन्छ । तर, सूचना प्रविधिको विकाश सँगै खेलौना, चकलेट तथा थप्पडहरु डेट एक्सपायर बन्दै गएका छन् ।

अब बच्चाहरुलाई कुनै काम गराउन वा नगराउनका लागि यी पारम्परिक उपायको साटो स्मार्टफोन, ट्याबलेट, कम्प्युटर वा मोबाइल एपको प्रयोग हुन थालेको छ ।

बच्चाहरुमा गरिएको एक अनुसन्धानले ट्याबलेट प्रयोग गर्ने बच्चाहरुको संख्या तिब्र रुपमा वृद्धि भैरहेको देखाएको छ । अझ रोचक कुरा त के भने अभिभावकहरुले आफ्ना बच्चाहरुलाई सजाय वा इनामको रुपमा ट्याबलेट प्रयोग गर्न दिने गरेका छन् ।

बेलायतमा ५ देखि १६ वर्ष उमेर समूहका २ हजार जना बच्चाहरुमा गरिएको अध्ययन अनुसार अब बच्चाहरुले टेलिभिजन हेरेर भन्दा इन्टरनेट चलाएर बढि समय बिताउन थालेका छन् ।

बालबालिकाहरु ल्यापटपको तुलनामा ट्याबलेटसँग बढि समय बिताउँछन् । परिवारका सदस्यहरुबीच बार्गेनिङको परिणामस्वरुप समेत बच्चाहरुद्वारा ट्याबलेटको प्रयोग निकै भैरहेको छ ।

ट्याबलेट :  बच्चाका लागि पुरस्कार पनि सजाय पनि

अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘आमाबुवाले ट्याबलेट मन पराउँछन् किनकी यसमाथि नियन्त्रण कायम गर्न सकिन्छ । आफ्ना बच्चाको असल वा खराब व्यवहारका आधारमा ट्याबलेट चलाउन दिने वा खोस्ने गर्न सकिन्छ । यस्तो काम डेक्सटप कम्प्युटरमा सम्भव छैन ।’

ट्याबलेटको एप बच्चालाई असल कामका लागि इनामको रुपमा दिन सकिन्छ । शोध निर्देशक साइमन लेगेटका अनुसार ट्याबलेट कम्प्युटर बालबालिकाको निजि जागिरका रुपमा स्थापित हुँदै गएको छ र बालबालिकालाई ट्याबलेटमा रोक लगाउने विषय कठीन बन्दै गएको छ ।

बालबालिकाको हेरचाह सम्बन्धि वेबसाइट नेटमम्सकी सम्पादक क्याथी रेन्सनका अनुसार इन्टरनेटको पहुँचलाई बालबालिका तथा किशोरकिशोरीको आधारभुत अधिकारको रुपमा लिन थालिएको छ, जुन अब कसैलाई विशेष रुपमा दिइने विशेषाधिकारको रुपमा रहेन । बच्चालाई इन्टरनेट तथा ट्याबलेटबाट टाढा राख्नु भनेको उनीहरुलाई आदिम युगमा धकेल्नु जस्तै ठान्न लागिएको उनको कथन ठान्न लागिएको उनको कथन छ ।

बालबालिकाहरुले ट्याबलेट, स्मार्टफोन तथा कम्प्युटरजन्य उपकरणमा धेरै समय गुजार्ने प्रवृत्ति बढ्दै जाँदा त्यसले बालबालिकाहरुले परिवारसँग भलाकुसारी गर्ने समयमा कमी आएको र त्यसले दीर्घकालमा नकारात्मक असर पार्ने विज्ञहरुको भनाइ छ ।

बालबालिकाहरुले रातको समयमा अनलाइनमा बिताउने समयमा समेत वृद्धि भएको छ । जुन बालबालिकाहरुले खेल्न तथा स्कुल बाहिर पढ्नमा बिताउने समय भन्दा बढि हुन थालेको छ ।

अभिभावकहरुले आफ्नो सजिलोका लागि आफ्ना बच्चालाई मोबाइल तथा कम्प्युटर चलाउन दिने र उनीहरुलाई ग्याजेटमा लत बस्न थाल्ने विषय निकै गम्भीर रहेको विज्ञहरु बताउँछन् ।-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment