Comments Add Comment

बेलायतीले रुचाउँछन् बुढी महिलाका पोर्न फिल्म

porn
पोर्न सामाग्रीहरु हेर्न रुचाउनेहरुले अवश्य पनि जवान उमेरका महिला तथा पुरुषका यौनक्रियाकलाप सम्मिलित पोर्न सामाग्रीहरु हेर्न मन पराउँछन् । उमेर छिप्पिएका वा बुढेसकाल लागेका महिला पुरुषहरुले खेलेका पोर्न फिल्म हेर्ने रुची धेरैको हुँदैन । तर बेलायतीहरु भने यो मामिलामा फरक छन् । विश्वमा पाको उमेरका महिला अर्थात् बुढी महिलाहरु सम्मिलित पोर्न सामाग्रीहरु सबैभन्दा बढि हेर्नेमा बेलायतीहरु अगाडि देखिएका छन् ।

अमेरिकी शोधकर्ता ओगी ओगासले गरेको अध्ययनका क्रममा विश्वमा बुढेसकालका महिलाको पोर्न सामाग्रीहरु बेलायतमा सबैभन्दा बढि हेरिने गरिएको देखिएको छ ।

बुढी महिलाका पोर्न फिल्म हेर्ने मामिलामा दोश्रो स्थानमा चेक गणतन्त्रका पोर्नप्रेमी रहेका छन् । विश्वभरमा इन्टरनेटमा खेाजी गरिने दसौँ लाख पोर्न सामाग्रीको अध्ययन गरि शोधकर्ताले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्ता ओगी र साइ गद्दामले संयुक्त रुपमा लेखेको ‘ए बिलियन विक्ड थट्स’ नाम पुस्तकमा बुढो उमेरका महिलामा बेलायती र चेक गणतन्त्रका जनताको बढि रुची देखिनुको कारण जैविक भन्दा पनि सांस्कृतिक रहेको दाबी गरिएको छ ।
बेलायती बच्चाहरुमा बाल्यकालको समयमा विद्यालयमा समेत पाको उमेरका महिलाहरुले हेरचाह गर्ने र बालकहरुले धेरै सँगत पाकी महिलासँगै हुने भएकाले उनीहरुमा पाको महिलाप्रति एक प्रकारको लगाव हुने तर्क शोधकर्ताको छ । त्यसैले बेलायती पुरुषहरुले आफ्नो आदर्श मानेका पाको उमेरका महिलाबारेको उत्सुकता मेट्नका लागि बुढी महिलाहरु सम्मिलित पोर्न सामाग्रीहरु बढि हेर्ने गर्छन् ।

चेक गणतन्त्रमा भने वेश्यावृत्ति वैधानिक रुपमै संचालन भएको हुँदा पाको उमेरका महिला समेत यौन व्यापारमा लागेको र धेरै पुरुषहरुले आफ्नो पहिलो यौन अनुभव पाको उमेरकै महिलासँग लिने गरेको पाइन्छ ।

अपि|mकी मुलुक केन्याको कथा अझै रोचक छ । केन्यामा कुनैपनि मानिसले यौनका विषयमा आफ्ना हजुरबा हजुरआमाबाट सिक्दछन् । त्यहाँ बच्चालाई आफ्ना बुवाआमासँग सेक्सका विषयमा कुराकानी गर्न बन्देज छ तर बालबालिकाले आफ्नो हजुरबा हजुरआमासँग भने यौनका विषयमा कुराकानी गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment