Comments Add Comment

‘फ्यान’मा १७ बर्षको देखिदै साहरुख खान

srk
बलिउड वादशाह साहरुख खानको नयाँ अवतारको प्रतिक्षा गरिरहनु भएको छ भने, अब झनै कौतुहलता तपाइका लागि । बलिउड नायक साहरुख खान अब १७ बर्षको उमेरमा देखिदैछन् । यस्तो भूमिका उनले आफ्ना नयाँ चलचित्र ‘फ्यान’का लागि निर्वाहा गरेका हुन् ।

यशराज ब्यानरको निर्माणमा हालै मात्र छायांकन सकिएको यो चलचित्रमा आफू १७ बर्षको उमेरको देखिन लागेको साहरुखले खुलासा गरेका छन् । साहरुखले यसका लागि आफूले मेकअप र भीएफएक्सको साहारा लिएको समेत खुलाएका छन् ।

५० बर्षको उमेरमा दौडदै गर्दा साहरुख कसरी १७ बर्षको पर्दामा देखिनेछन्, दर्शकलाई कौतुहतला बढ्ने पक्का छ । मनिष शर्माको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुखले दोहोर भूमिका निर्वाहा गरेका छन् । एक भूमिकामा उनी मेघास्टारको भूमिकामा देखिएका छन् भने अर्कोमा फ्यानको भूमिकामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment