Comments Add Comment

विद्रोहबाट काठमाडौं कब्जा गर्ने उपेन्द्र यादवको चेतावनी

Upendra yadav-1

  • फाइल फोटो

१६ फागुन, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्रोहबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन् ।

३० दलीय मोर्चाले शनिबार खुलामञ्चमा गरेको आमसभामा यादवले विद्रोह गरेर काठमाडौं कब्जा गर्ने र नयाँ संविधान बनाउने बताए । जनता विद्रोहका लागि तयार रहेको भन्दै उनले खुट्टा नकमाउन आन्दोलनकारी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

‘वार्ताबाट मधेस प्रदेश बन्छ, लिम्बुवान बन्छ, नेवा प्रदेश बन्छ भने वार्ता गर्नुस्, नत्र काम छैन’ उनले भने-‘मधेसमा विद्रोह हुन्छ र विद्रोहीले काठमाडौं कब्जा गरेर नयाँ संविधान बनाउने छ । त्यो संविधान समावेशी हुनेछ । यो बकम्फुसे वार्ताको काम छैन ।’

वार्ता गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालालाई विगतमा भएका सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भनेर सोध्न नेताहरुलाई आग्रह गरे । विगतका सहमति कार्यान्वयन हुन्छ भने वार्ता गर्न सकिने भन्दै उनले भने-‘अब आन्दोलन र विद्रोह अगाडि बढ्यो । जनताको मुक्तिको बाटो भनेको विद्रोहको बाटो हो ।’

आफूहरुको आन्दोलन संविधान नामको कागजको खोस्टा बनाउने विद्यार्थीको आन्दोलन नभएको भन्दै उनले भने-‘मुक्तिको आन्देालन हो । जनता लड्न तयार छ । तपाईहरु खुट्टा नकमाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment