Comments Add Comment

स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु

१७ फागुन, काठमाडौं । स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । हालै भारत हुँदै भित्रिएको स्वाइनफ्लुका कारण निधन भएको यो पहिलो घटना हो । संक्रमितको संख्या ४३ पुगेको छ ।

Model Hospital

मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० वर्षीया महिलाको मृत्यु भएको हो । शनिबार नै मृत्यु भएको भए पनि स्वाथ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ ।

महाशाखा प्रमुख बाबुराम मरासिनीले अनलाइनखबरसँग भने-‘उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी आएको छ ।’

मोडल अस्पतालका डा. राजेशदेव जोशीका अनुसार मतृक दमको विरामी थिए । उनमा स्वाइनफ्लु सेकेण्डरी अवस्थामा पुगिसकेकोले बचाउन नसकिएको जोशीले बताए बताएका छन् । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

गत विहीबार ती महिलामा स्वाइन फ्लु एचवान एनवान पुष्टि भएको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयलाई खबर गरिएको थियो । स्वाइनफ्लुको उपचार गर्ने विशेष कक्ष नभएको भन्दै मन्त्रालयले पाटन अस्पतालमा लैजान सुझाव दिएको थियो ।

तर, पाटन अस्पतालमा आईसीयू खाली नभएको जवाफ आएपछि उनलाई मोडल अस्पतालकै आईसीयू कक्षमा राखेर उपचार जारी राखिएको थियो । 

भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु विरुद्धको औषधि र उपकरण नेपालमा अभाव छ । भारतसँग जोडिएका सिमा क्षेत्रमा पनि पर्याप्त सतर्कता अपनाइएको छैन । 

symptoms of Swinflue

भारतसँग जोडिएका सिमा क्षेत्रमा पनि पर्याप्त सतर्कता अपनाइएको छैन । नेपालमा संक्रमित विरामीको संख्या बढ्दै गएको छ । जोखिम उच्च र सतर्कता फितलो भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

एकप्रकारको रुघा जस्तो रोग स्वाइनफ्लु एच वान एन वान भाइरसबाट सर्दछ । यसको संक्रमण भएमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुने, खाना खान मन नलाग्ने, पखाला लाग्ने लगायतका समस्या देखा पर्दछ ।

safe way for Swinflue

यसबाट बँच्न नाकमुख राम्रोसँग छोपिने मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, कसैसँग भेट हुँदा हात मिलाउनुको सट्टा नमस्कार गर्ने, रुघाखोकी लागेमा घरमै आराम गर्ने र प्रशस्त झोलीलो खानेकुरा खानुपर्ने हुन्छ ।

रुघाखोकी लाग्नेवित्तिकै सामान्यरुपमा नलिन र उपचार गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment