Comments Add Comment

कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु

८ जेठ, रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण रौतहटका ५ जनाको मृत्यु भएको छ ।

अस्थायी कोभिड अस्पताल गौरमा राजपुर–२ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने चन्द्रपुरमा वृन्दावन–७ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला बाहिर वीरगञ्जमा देवाही गोनाही–१ का ४३ वर्षीय र राजपुर–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी परोहा–२ का २४ वर्षीय युवकको भरतपुरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म रौतहटका ७१ जनाको मृत्यु भइसकेको छ ।

यसगरी पछिल्लो २४ घण्टामा रौतहटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा २०५ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रौतहटमा संक्रमितको कुल ७५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment