+
+
Shares

संखुवासभा, बर्दिया, चितवन र सर्लाहीमा भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते ९:०५

३ असोज, काठमाडौं । संखुवासभा, बर्दिया, चितवन र सर्लाहीका केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा यी जिल्लामा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संखुवासभामा ९४.५ र बर्दियामा ७५.२ मिलिमिटर वर्षा भएको छ । यो झन्डै धेरै भारी वर्षा नजिक हो । यस्‍तै, सर्लाहीमा ५३.८ र चितवनमा ५४.८ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ । यस्तै, सोही अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ ।

महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?