Comments Add Comment

देउवाबारे प्रधानमन्त्रीको टिप्पणी : राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताए ।

देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उनले भने, ‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् …यस्तो भाषा बोलिएको छ ।’

‘जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तोकस्तो भाषा बोलेर निहुरिएर केके भाषा बोल्ने यी मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’

Top Comment सुशिल खनाल २०७८ जेठ ९ गते ९:३९ जे जे मन छ तपाँइले नै भन्नुस न । राष्ट्रपति र विद्या भण्डारीमा फरक देखियो । जव संस्थाले गरीमा गुमाउँछ त्यसपछि जनताहरू विस्वाँस गर्दैनन। तपाँइ नै हैन अरूलाइ गाली गर्ने, घोँचेर, पेलेर बोल्ने ? अर्को कुरा सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेका सभापति शेरबहादुर देउवाले स्वयम तपाँइलाइ पनि उनी भन्नेभएको छ । त्यसमा तपाँइलाइ केहि लागेन, उहाँप्रतिकै चिन्ता, किन ? काम राम्रो गर्नुस न सम्मान कति हुन्छ कति । सम्मान र समर्थन जबर्जस्ती कहिल्यै हुँदैन, त्यो त अन्तरमन हो नी प्रधानमन्त्री ज्यू । See All Add Comment

अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’

प्रधानमन्त्री ओलीले सानालाई स्नेह गर्ने र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको बताए ।

तर राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ सालयताका १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment