+
+
Shares

नयाँ र पुराना पार्टीबारे ओली : अमेरिकामा कुन-कुन पार्टी छन् ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको विषयमा भइरहेको टिप्पणीबारे आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १६:२०

७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुराना राजनीतिक दलको विषयमा भइरहेको टिप्पणीबारे आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र पुराना पार्टीको नाममा द्वन्द्व सिर्जना गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘यहाँ नयाँ र पुराना दलको भाष्य गलत छ । धर्मका नाममा फुटाउन पनि खोजिएको थियो । अहिले नयाँ र पुरानाको विभाजन गर्न खोजिएको छ । घरघरमा विभाजन हुने भयो । बाउ-आमा र छोराछोरीबीच हुने भयो,’ उनले भने, ‘अमेरिकामा कुनकुन पार्टी छन् ? डेमोक्रेटिक र रिपब्लिकन पार्टी होइनन् ? पार्टी पुराना हुँदैनन् । पार्टीहरू परिवर्तनशील हुने कुरा पो हो । पार्टीले गरिरहेका छन् । नेपाललाई पार्टीहरूले चिनेका छन् चिन्दछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?