Comments Add Comment

असफलतामा जिवनको ह्याट्रिक, यस्तो छ बर्षको अन्तिम अस्त्र

jiwan-and-neeta
राम्रा भनिएका चलचित्र समेत छाडेर अमेरिकामा बसिरहेका नायक जिवन लुइटेलका लागि अहिले एक प्रकारको तनाव छ भन्दा फरक नपर्ला । कारण, यो बर्ष उनले अभिनय गरेका ३ चलचित्र नै एकपछि अर्को रुपमा असफल भएपछि उनको बजार मुल्य घटेको चर्चा हुन थालेको छ ।

तर, पनि जिवन अमेरिकामा आफू भएपनि निर्माताले नेपालमा खोजी गरिरहेको बताउँछन् । उनको गतबर्ष ‘विन्दास २’ प्रदर्शनमा आएर असफल भयो भने ‘नाई नभन्नु ल २’ सफलताको जश उनलाई गएन ।

यो बर्ष लगातार असफलताको ह्याटि्रक गरेका जिवनका लागि ‘नाई नभन्नु ल ३’ छाड्नु पनि अर्को घाटा हो भन्नेहरु धेरै छन् । तर, जे भएपनि जिवनका लागि अब यो बर्ष ‘भूल भुलैया’ मात्र बाँकी छ जसले उनलाई यो बर्ष असफल नायकबाट बचाउँन सक्छ ।

यो बर्ष प्रदर्शनमा आएका ‘शिशा, ठूली, स्टूपिड मन’ असफल भएपछि जिवनलाई लिएर चलचित्र बनाउन लागेकाहरुले पनि धेरै पटक सोचेको पाइन्छ । चलचित्र असफल भएपनि जिवन एकै बर्ष २ पटक अमेरिका जाने नायक मात्र बनेका छैनन्, विश्वकै शक्तिशाली मुलुकमा एकै समयमा ३ वटा चलचित्र उनकै चलिरहेका छन् र चल्दैछन् ।

जिवनले अमेरिकामा रहेका नेपालीलाई आफ्नो चलचित्र हेर्नका लागि अपिल पनि गरेका छन् । उनले अमेरिकामा मार्च ८ मा हुन लागेको चलचित्रको पि्रमियरमा सहभागी भएर आफूसँग चलचित्र हेर्न दर्शकलाई आग्रह गरेका छन् ।

योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा जिवनले निता ढुंगाना र सोहित मानन्धरसँग काम गरेका छन् । निर्देशक घिमिरेले अमेरिकाका भव्य हलमा चलचित्र प्रदर्शन हुने जानकारी दिएका छन् । यसैले पनि जिवन अहिले ‘भूल भुलैया’लाई चलाउनका लागि जोडतोडका साथ लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment