Comments Add Comment

भारतविरुद्ध खेल्न नेपाली फुटबल टोलीको घोषणा

२२ फागुन, काठमाडौं । विश्वकप छनोट फुटबलमा भारतसँगको खेलका लागि लागि नेपाली टीमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाली टीमबारे जानकारी गराएको हो । नेपाली टोली शनिबार कोलकत्ता प्रस्थान गर्नेछ ।

nepali-football-team

सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणको खेलमा अब नेपालले मार्च १२ अर्थात फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ । होम गेम भने १७ तारिखमा दशरथ रंगशालामा हुनेछ ।

नेपाली टोलीमा गोलरक्षकमा किरण चेम्जाङसागै रितेश थापा र विकेश कुथू छन् । डिफेन्समा कप्तान सागर थापासँगै, सन्दिप रार्इ, विराज महर्जन, रविन श्रेष्ठ, रन्जित धिमाल, दिनेश राजवंशी र अनन्त तामाङ छन् ।

मिडफिल्डमा जगजित श्रेष्ठ, भोला शिलवाल, राजु तामाङ, विक्रम लामा, शिव श्रेष्ठ, विशाल राई बी र हेमन गुरुङ छन् ।

नेपाली टोलीको फवार्डमा अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भारत खवास, विमल घर्तीमगर र अन्जन विष्ट छन् । विमलसँगै  अन्जन, अनन्त र दिनेश यू-१७ का हुन् ।

यो पनि पढ्नुस् 

भारतसँगको खेल अघि सागर थापाको गोलको सम्झना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment