Comments Add Comment

गरिमालाई लिएर बन्ने भो ‘स्काउट’

garima-panta
यसअघि चलचित्र ‘बजार, बिन्दास र बिन्दास २’ बनाएका निर्माता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ बनाउने भएका छन् । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको घोषणा गरिएको हो ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले चलचित्रलाई शुभकामना दिएका थिए । साथमा सभासद तथा चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी ‘स्काउट’लाई शुभकामना दिन पुगेका थिए ।

मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहनेछ । चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा गरिमा पन्त, कुशल थापा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ले स्काउट जस्तो एक पवित्र संस्थाको कथा बोल्ने बताए । उनले चलचित्र क्षेत्रमा निर्माताको हितका लागि पहल गर्न सरकारसँग आग्रह पनि गरे ।scaut-muhurta

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय लगायतले ‘स्काउट’ सफलताका लागि शुभकामना दिएका थिए । कार्यक्रममा कलाकारले संवाद बोलेर मुहुर्त सर्ट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment