Comments Add Comment

स्क्यान्डल र चर्चाले सौगात र प्रियंका ‘बर्ष व्यक्ति’

priyanka-and-saugat
स्थापनाको पाचौं बर्ष पुरा गरि छैठौ बर्षमा प्रवेश गरेको ‘फिल्मीखबर साप्ताहिक’ले आफ्नो बाषिर्कोत्सव मनाएको छ । काठमाण्डौमा एक कार्यर्क्रमको आयोजना गर्दै यो साप्ताहिक पत्रिकाको जन्मदिन मनाइएको हो ।

कार्यक्रममा ‘फिल्मीखबर बर्ष व्यक्ति (पुरुष र महिला)’ पनि घोषणा गर्दै सम्मान प्रदान गरियो । ‘बर्ष व्यक्ति पुरुष’का रुपमा ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल सौगात बिष्टलाई सम्मानि गरियो ।

यस्तै, ‘बर्ष व्यक्ति महिला’तर्फ भने नायिका प्रियंका कार्कीलाई सम्मानित गरियो । पत्रिकाका सम्पादक शान्तिप्रियले सौगातले यती सानो उमेरमै यस्तो रेकर्ड बनाएर नेपाल र नेपालीको नाम राखेको भन्दै  सम्मान गरिएको बताए । (तस्बिरपछि पनि समाचार जारी छ )
priyanka-and-pradip-udaya
यस्तै, प्रियंका कार्की बर्ष २०७१ मा स्क्यान्डल, गसिपका साथै सर्वाधिक धेरै चलचित्रमा अभिनय गर्ने नायिका भएकाले सम्मानित गरिएको बताए । उनले अहिलेको समयमा साप्ताहिक पत्रिका प्रकाशन गर्नु आफैमा चुनौती भएपनि आफूहरु सफल भएको बताए । यसअघि ‘बर्ष अभिनेता र अभिनेत्री’को  सम्मान प्रदान गर्दै आइएतापनि यो बर्षदेखि दायरा फराकिलो बनाएको शान्तिप्रियको भनाई थियो । (तस्बिरपछि पनि समाचार जारी छ )saugat-samman
निर्देशक सौगात बिष्टले अंग्रेजीमा मन्तव्य राख्दै सबैलाई धन्यवाद दिएका थिए । यस्तै, नायिका प्रियंका कार्कीले आफूलाई छोटो समयमा सबैले दिएको मायाका कारण आज यो  सम्मान पाउन सफल भएको बताइन् ।

पत्रिकाका प्रकाशक प्रदिप उदयले नेपाली चलचित्रको विकास र विस्तारका लागि सधै नै लागिपर्ने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले पत्रिका सफलताको शुभकामना दिएका थिए । यो पत्रिका हरेक बिहिबार प्रकाशन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment