Comments Add Comment

सीताको जन्मभूमिको सौन्दर्य (फोटो कथा)

शब्द/तस्विर : रामगोपाल तमखु

जनकपुरको प्रशिद्ध जानकी मन्दिर हिन्दुहरुको पवित्र तीर्थस्थल हो । सीताको जन्मथलो भएकाले भारत र नेपाल दुबै देशका हिन्दुहरुका लागि यो मन्दिरको महत्व उत्तिकै छ ।

Jnakpur (1)
जानकी मन्दिर मुगल शैलीमा निर्माण गरिएको छ र यो निकै भव्य एवं शानदार छ ।

इस्वी सम्वत १९११ मा निर्माण गरिएको जानकी मन्दिर मैथिली सभ्यताको प्रतीकका रुपमा रहेको छ । यो मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका  लागि राज्यले पहलसमेत गरेको छ ।

मन्दिर निर्माण गर्दा ९ लाख रुपैयाँ खर्च भएका कारण यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ ।
मन्दिर निर्माण भएको एक सय बर्ष पुगे पनि रामजानकी प्रतिमा स्थापना भएको सात सय बर्षभन्दा बढी भएको संस्कृतिविदहरुको भनाइ छ ।

Jnakpur (2)

प्राचीन मिथिला राज्यको राजधानी मानिने जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभर छरिरएर रहेका हिन्दुहरुको पवित्रस्थल हो ।

तर, धार्मिक तथा ऐतिहासिकरुपले प्रशिद्ध भए पनि जानकी मन्दिरको उचित व्यवस्थापन र संरक्षण नहुँदा जति पर्यटकको आगमनको हुनुपर्ने हो, त्यति हुन सकेको छैन । मन्दिरमा नाममा रहेका गुठीको चल अचल सम्पत्तिको संरक्षण हुन नसकी महन्थहरुबाटै भ्रष्टाचार भएको गुनासो आए पनि राज्यले जानकी मन्दिरको संरक्षणका लागि विशेष पहल गर्नुपर्ने देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने हल्लासँगै सामान्य सफाइ गरिए पनि मन्दिरको उचित संरक्षण तथा पोखरीहरुको सरसफाइ हुन सकिरहेको छैन ।

Jnakpur (5)

Jnakpur (6)

Jnakpur (7)

Jnakpur (8)

Jnakpur (9)

Jnakpur (10)

Jnakpur (11) Jnakpur (12)

Jnakpur (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment